होमपेज / अर्थ

मन्त्री अधिकारीको पुण्यतिथिको अवसरमा विमानस्थल परिसरमा सरसफाइ

  छिटो खबर २०७६ मंसिर ६ गते शुक्रबार २३:१८:०५ मा प्रकाशित

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल परिसरमा आज सररफाइ तथा जनचेतनामूलक कार्यक्रम गरिएको छ। विमानस्थलले गत फागुन १५ गते भएको हेलिकोप्टर दु'र्घटनामा परी नि'धन भएका संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीको १३ औं पुण्यतिथिको अवसरमा सरसफाइ गरेको हो।

मन्त्री अधिकारीसहित दिवङ्गत सातै जनाको सम्झनामा सरसफाइ, वृक्षरोपण तथा सचेतना कार्यक्रम गरिएको विमानस्थलले जनाएको छ।

विमानस्थलका महाप्रबन्धक राजकुमार क्षेत्रीले विमानस्थल परिसरमा मन्त्री अधिकारीलगायतको सम्झनामा रुद्राक्षको बिरुवा रोपेका थिए।

सोही अवसरमा विमानस्थल गेट बाहिरका बस्तीका घरमा पुगेर देशको मुहार विमानस्थल र पवित्र धार्मिकस्थल पशुपति क्षेत्रको सरसफाइ गरौं भन्ने सन्देशसहित माइकिङ गरिएको महाप्रबन्धक क्षेत्रीले बताए।

ताप्लेजुङको पाथिभरा पुगेर फर्कने क्रममा हेलिकप्टर दुर्घटना परी मन्त्री अधिकारीसहित सातको मृत्यु भएको थियो।

प्रतिक्रिया

सम्बन्धित खवर

Top