होमपेज / अर्थ

३ वर्षिय बच्चाको आमा ४ दिन देखि बेपत्ता : बालबच्चाकाे विचल्ली, पत्ता लगाइदिन आफन्तकाे अनुराेध

  छिटो खबर २०७७ माघ २५ गते आइतबार २१:४१:५९ मा प्रकाशित

माघ २५, सल्यान । 
बारा जिल्ला निजगढ बस्ने २३ वर्षीय महिला बेपत्ता भएको भन्दै आफन्तले पत्ता लगाउन सबै सँग अनुरोध गरेका छन् । गत माघ १८ गते ३ वर्षीय बच्चाको आमा उर्मिला घलान काठमाडौंको दक्षिण ढोका स्थित आफन्तको घरमा जानको लागि निजगढ बाट हिँडेको र २२ गते विहान देखि सम्पर्क विहीन तथा बेखबर रहेको उनका आफन्तले बताएका छन् । प्रचण्ड नेपाल समूहले वन्द आव्हान गरेको दिन विहान सम्म सम्पर्क भएको र त्यस पछि कुनै खबर तथा सम्पर्क नभएको आफन्तहरुको भनाई रहेको छ । २२ गते विहान बेपत्ता युवतीले दिदी सँग कुरा गरेको र आफ्नो साथीको श्रीमान विरामी भएको हुँदा साथीको घर जान लागेको बताएकी थिइन । तर को साथी हो ? र कुन ठाउँमा जान लागेको भन्ने कुरा नखुलाएको आफन्तहरु बताउँछन् । उनले आफ्नो श्रीमान सँग वन्दको कारण घर फर्किन दुई चार दिन ढिला हुने बताएको र त्यस पछि अन्तीम फोन कल नारायणगढ निवासी बहिनी सपना मगर सँग गरेको स्रोतले बताएको छ । महिलाहरु अपहरण हुने, ब्लात्कृत हुने तथा मृत समेत फेला पर्ने वर्तमान घटनाहरुको कारण आफु हरु डराएको युवतीका आफन्त प्रेम प्रकाश राईले बताए । 
बेपत्ता युवती बेखबर भए पछि उनका श्रीमान इमान सिंह घलान विक्षिप्त भएको र वेपर्वाह भौंतारि रहेको राइले बताएका छन् । तीन वर्षको छोरा र ६ वर्षकी छोरी गरी उनका दुई सन्तान रहेका छन् । यसरी भागेर बेपत्ता हुने अर्थात् कुनै पनि समस्या र परिवेश बाट डराउने स्वभावको उर्मिला नभएको आफन्तहरुको भनाइ रहको छ । यति साना सन्तानलाई छोडेर उर्मिला बेपत्ता भएपछि घर तथा आफन्तहरुमा शोक छाएको छ । 
बेपत्ता युवती उर्मिला सँग नगद १७ हजार, विवो मोबाइल, गरगहना रहेको र काठमाडौं पुगे पछि थप ४ हजार आइएमइ गरी पठाएको उनका आफन्त प्रेम प्रकाश राईले बताएका छन् ।
आजकल देखिएका विभिन्न प्रकिृतिका घटनाहरुबाट उनीहरु झन अत्तालिएका छन् । उनका आफन्तहरुलाई उनी कतै भागेको भन्दा पनि कुनै अपराधको शिकार भईन की भनी पिर बढी रहेको छ । उनीहरुले स साना बच्चाको र श्रीमानको दर्दनाक अवस्था सहन गाह्रो भएको भन्दै पत्ता लगाइदिन सबैमा अनुरोध गरेका छन् । 
जाहेरी निवेदन सुचना दिने आफन्तको लाइसेन्स 

प्रतिक्रिया

सम्बन्धित खवर

Top