होमपेज / अपराध
दाङमा खुकुरी प्रहारबाट गम्भीर घाईते भएका एक व्यक्तिको मृत्यु भएको छ । उपचारकालागि काठमाडौं लैजादै गर्दा खुकुरी प्रहारबाट गम्भीर घाइते भएका तुलसीपुर ५ रतननाथ टोल निवासी २३ वर्षीय हिरा डाँगीको मृत्यु भएको हो ।
केही समूहले आईतबार राति उनी माथि खुकरी प्रहार गरेका थिए । खुकुरी प्रहारबाट दुबै खुट्टाको तिग्रामा गहिरो चोट लागेका डाँगीको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार पछि थप उपचारका लागि कोहलपुर लगिएको थियो ।
त्यहाँबाट उपचारका लागि काठमाडौं लैजादै गर्दा उनको सोमबार दिउसो मृत्यु भएको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक हरिहरनाथ योगीले बताए ।आईतबार राति १ बजेतिर टरिगाउँ एयरपोर्ट नजिक खुकुरी प्रहार गरिएको हो । खुकुरी प्रहार गर्ने समूहको खोजी गर्ने काम भईरहेको प्रहरीले बताएको छ ।