होमपेज / अपराध
चैत्र ५, सल्यान ।
सल्यानमा आत्महत्या दुरुत्साहनको आरोपमा ४ जनालाई पक्राउ गरिएको छ ।
सोमबार जिल्लाको शारदा नगरपालिका १५ हरले निवासी २१ बर्षीया मुना नाथले घरको दलिनमा प्लाष्टिकको डोरीले पासो लगाई झुन्डिएको अवस्थामा भेटिएकी थिइन । प्रहरीले सुक्ष्म अनुसन्धान गर्दा आत्महत्या गर्नको लागि दुरुत्साहन गरिएको बुझिन आएकोले थप अनुसन्धानको लागि ४ जना लाई पक्राउ गरिएको प्रहरीले बताएको छ ।
आत्महत्या दुरुत्साहन आरोपमा मृतकका २३ बर्षिय श्रीमान सुनिल नाथ, छिमेकीहरु २० बर्षका विजय भण्डारी र २२ बर्षका लाल बहादुर राजगुरुलाई पक्राउ गरिएको हो । त्यस्तै मृतकसंग अर्का एक जनाको अनैतिक सम्वन्ध रहेको र आत्मत्या दुुरुत्साहनमा निजको पनि भुमिका रहेको आरोप लागेको छ । अनैतिक सम्बन्ध राखेको आरोप लगाईएका त्रिवेणी ६ का २३ बर्षका अर्जुन रावतलाई पनि प्रहरीले पक्राउ गरेको छ ।
उनिहरुलाई अदालतबाट ७ दिनको म्याद थप गरि प्रहरी हिरासतमा राखि अनुसन्धान कार्य भैरहेको जिल्ला प्रहरी कार्यालय सल्यानका निमित्त प्रमुख प्रहरी निरिक्षक लक्ष्मण वलीले पत्रकार सम्मेलन गरी जानकारी दिएका छन ।
छिमेकीले मृतक परपुरुषसंग बसेको आरोप लगाई पोखरा काम गर्ने श्रीमानलाई भनेपछि श्रीमानले गालिगलौज, गरी शारिरीक तथा मानसिक यातना दिएको बताईएको छ । गालिगलौज र प्रतिष्ठामा आँच पु¥याउने गरी वेज्जली गरेपछि पिडा सहन नसकेर आत्महत्या गरेको मृतकका बाबुले दिएको किटानी जाहेरीका आधारमा चारै जनालाई पक्राउ गरिएको बताईएको छ ।