होमपेज / अपराध

फरार प्रतिवादी ७ जना पक्राउ

  छिटो खबर २०७७ श्रावण १२ गते सोमबार ०९:४४:३९ मा प्रकाशित

साउन १२, सल्यान ।
विभिन्न मुद्दामा फरार रहेका ७ जना प्रतिवादीहरुलाई खोजतलास गरी पक्राउ गरेको सल्यान प्रहरीले बताएको छ । फरार प्रतिवादीहरुलाई सम्मानित जिल्ला अदालतको आदेश अनुसार उनीहरुको घर वतनमा खोज तलास गरी पक्राउ गरिएको प्रहरीले बताएको छ । 
जिल्ला प्रहरी कार्यालय सल्यानका अनुसार आइतबार सवारी ज्यान मुद्दाका टेक बहादुर गिरी, कर्तव्य ज्यान मुद्दाका शेर बहादुर बस्नेत, जबरजस्ती करणी मुद्दाका हिरालाल भन्ने लाल बहादुर शाहु पक्राउ परेका छन् । 

यस्तै सार्वजनिक मुद्दाका राम बहादुर बुढाथोकी, जारी मुद्दाका सुनिता बुढा, लुटपिट मुद्दाका होम बहादुर बुढा र सम्बन्ध सम्बन्ध विच्छेद मुद्दाका रेखा बुढा पक्राउ परेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ। 

पक्राउ परेका सबैजनालाई जिल्ला अदालतमा उपस्थित गराएको छ।
यस अघि प्रहरीले विभिन्न अभियोगमा फरार २० जनालाई पक्राउ गरि सकेको छ । 

प्रतिक्रिया

सम्बन्धित खवर

Top