होमपेज / अपराध

चरेस सहित ६ जना पक्राउ

  छिटो खबर २०७७ श्रावण १३ गते मंगलबार १०:४६:२८ मा प्रकाशित

साउन १३,दाङ । १५ किलो अबैध चरेस सहित ६ जनालाई दाङ प्रहरीले पक्राउ गरेको छ । घोराही उपमहानगरपालिका १४ नयाँ बसपार्कस्थित रोल्पा नुवागाउँ होटलको कोठा नम्बर ६ बाट १५ किलो चरेससहित ६ जनालाई पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ । पक्राउ पर्नेहरुमा रोल्पा नगरपालिका १० का आकाश बिक, जितकुमार विक, थवाङ गाउँपालिका ५ का कमला घर्ती, परिवर्तन गाउँपालिका ४ का जुनु बुढा, सल्यान वनगाड कुपिन्डे नगरपालिका १२ का डिलबहादुर बिक र नेपालगञ्ज उपमहानगरपालिका बाँकेका सन्तोष गुरुङ रहेका छन्। ५ नम्बर प्रदेश प्रहरी व्युरोबाट खटिएका प्रहरी निरीक्षक प्रमोद कुमार क्षेत्रीको टोलीले उनीहरुलाई पक्राउ गरेको हो।

प्रतिक्रिया

सम्बन्धित खवर

Top