होमपेज / अपराध

सल्यानमा घट्टबाट फर्किदै गरेकी महिलालाइ बलात्कार गरे

  छिटो खबर २०७७ भाद्र २ गते मंगलबार १८:०७:२७ मा प्रकाशित

भाद्र २, सल्यान । सल्यानमा केही समय यता ब्लात्कारका घटनाहरु बढीरहेका छन्  । पछिल्लाे पटक एक महिलालाइ ब्लात्कार गरेको आरोपमा एक युवालाइ प्रहरीले पक्राउ गरेकाे छ । कालिमाटी गाउँपािलकामा २६ वर्षाीय महिलालाइ ब्लात्कार गरेकाे आराेपमा पक्राउ पर्ने युवक कालिमाटी गाउँपालिका –२ निवासी २५ वर्षीय लोकराज परियार रहेका छन् ।

साउन ३० गते कालिमाटी गाउँपालिकाकाे वडा नं. ३ मा रहेको स्थानीय घट्टमा गहुँ पिसाउनबाट एक्लै घर फर्किंदै गरेकी महिलालाइ परियारले बलात्कार गरेकाे प्रहरीले जनाएकाे छ । खलंगाबाट घर फर्कदै गरेका परियारले घट्टबाट गहुँ पिसेर घर फर्कदै गरेकी ति महिलालाइ स्थानीय पानिखोला जंगल अन्तर्गत पर्ने ध्वालाकाँडामा बलात्कार गरेको पीडितकाे भनाइ उद्धित गर्दै जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएकाे छ ।

आरोपित परियार घटना भएको दिन साथीहरु संग जिल्ला सदरमुकाम खलंगामा नागरिकता बनाउन आएको र घर फर्किदै गर्दा बाटोमा मदिरा सेवन गरेर एक्लै रहेकी महिलाको पिछा गरि घटना भएको बुझिएको प्रहरीले जनाएको छ ।

पीडित पक्षले साउन ३२ गते जिल्ला प्रहरी कार्यालय सलनमा जाहेरी दिएको र आरोपितलाइ हिरासतमा राखी अनुसन्धान भइ रहेको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी प्रमुख डिएसपी ढकेन्द्र खतिवडाले जानकारी दिए 

प्रतिक्रिया

सम्बन्धित खवर

Top