होमपेज / अपराध

सुतेको ओछ्यान सहित दम्पत्ती बेपत्ता पारेको आरोपमा चार अभियुक्त पक्राउ

  छिटो खबर २०७७ चैत्र ९ गते सोमबार १८:०५:२७ मा प्रकाशित

महोत्तरीको पिपरा गाउँपालिकास्थित सहोडवाबाट ओछ्यानसहित बेपत्ता भएका एक बृद्ध दम्पत्ति अपहरण अभियोगमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ।

वेपत्ता भएको चार सातापछि घटनामा संलग्न रहेको आरोपमा जिल्ला प्रहरी कार्यालय महोत्तरीले ४ जना अभियुक्तलाई आइतबार सार्वजनिक गरेको हो।

पक्राउ पर्नेमा पिपरा गाउँपालिका ५, सहोडवाका ५२ वर्षिय रामबाबु यादव, उनकै २६ वर्षिय छोरा सुरेन्द्र यादव, कान्छो छोरो राजेन्द्र यादव र भारत मधुवनी जिल्ला मधवापुरका हरेन्द्र ठाकुर छन्।

जिल्ला प्रहरी कार्यालय महोत्तरीले लामो समयसम्म बेपत्ता दम्पत्तिको अवस्था सार्वजनिक गर्न नसकेपछि सीआइबीले अनुसन्धान थालेको २ दिन नबित्दै चारै जनालाई घटनामा संलग्न रहेको आशंकामा पक्राउ गरी सार्वजनिक गरेको हो।

यद्यपि दम्पत्तिको अवस्थाबारे अहिलेसम्म केही स्पष्ट हुन नसकेको प्रहरिले बताएको छ । गत फागुन १० गते महोत्तरी पिपरा गाउँपालिका–५ का ६५ वर्षीय मोसाफिर झा र उनकी पत्नी ६० वर्षीया गीतादेवी झालाई घरमै सुतिरहेको अवस्थामा ओछ्यानसहित वेपत्ता पारिएको थियो।

प्रतिक्रिया

सम्बन्धित खवर

Top