होमपेज / स्वास्थ्य

कोरोनाका संक्रमित पाँच सयभन्दा बढी रहेका ६ जिल्ला

  छिटो खबर २०७७ असार २१ गते आइतबार १७:२७:१९ मा प्रकाशित

असार २१,काठमाडौ।देशका विभिन्न ६ जिल्लामा संक्रमितको संख्या पाँच सयभन्दा बढी पुगेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमका अनुसार प्रदेश २ का महोत्तरी र रौतहट, प्रदेश ५ को पाल्पा र सुदूर पश्चिम प्रदेशको अछाम, कैलाली र बाजुरामा पाँच सयभन्दा बढी संक्रमित छन्।

यसअघि पाँच सयभन्दा बढी संक्रमित रहेका दाङ, कपिलवस्तु, दैलेख र सर्लाहीमा भने संख्या घटेको छ। ती जिल्लाबाट निको भई घर फर्कको संख्या बढेपछि एक्टिभ संख्या घटेको हो।
प्रदेश १, ३, ४ र कर्णालीका कुनै जिल्लामा पनि संक्रमितको संख्या ५ सय नाघेको छैन। आइतबार थप २९३ जनामा कोरोनाभाइरस संक्रमण भएको मन्त्रालयले पुष्टि गरेको छ। यीसहित मुलुकभर हालसम्म संक्रमितको संख्या १५ हजार ७ सय ८४ पुगेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top