होमपेज / स्वास्थ्य

काठमाण्डौ उपत्यकामा मात्रै ६ सय बढी स्वास्थ्यकर्मीहरु कोरोना संक्रमित

  छिटो खबर २०७७ आश्विन ३ गते शनिबार १७:२१:०९ मा प्रकाशित

काठमाण्डाै।काठमाण्डौ उपत्यकामा छ सय भन्दा धेरै स्वास्थ्यकर्मीहरुमा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।कोरोना सङ्क्रमितको उपचारमा खटिने स्वास्थ्यकर्मीहरुमा सङ्क्रमण देखिएको इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका निर्देशक डा वासुदेव पाण्डेले जानकारी दिए । कोरोना अस्पताल, कोरोना परीक्षण गर्ने, होम आइसोलेशन, क्वरेण्टीन, कन्ट्याक्ट  ट्रेसिङमा अग्रपङ्क्तिमा काम गर्ने स्वास्थ्यकर्मी बढी सङ्क्रमित भएको उनले बताए।

त्रीवी शिक्षण अस्पताल महाराजगञ्जका मात्रै एक सय ५० भन्दा धेरै स्वास्थ्यकर्मीमा कोरोना सङ्क्रमण भएको छ । तीमध्ये २१ जना डाक्टर र अरु नर्स तथा वार्ड सहयोगीहरु रहेका छन् । यस्तै वीर अस्पतालमा एक सय १५ जना स्वास्थ्यकर्मीमा सङ्क्रमण देखिएको छ ।

वीर अस्पतालमा २५ चिकित्सक, ३५ नर्स र अन्य वार्ड तथा प्रशासनमा रहेका कर्मचारी रहेका कार्यकारी निर्देशक डा केदार सेञ्चुरीले जानकारी दिनुभयो । यस्तै शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा आठ जनामा सङ्क्रमण देखिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top