होमपेज / स्वास्थ्य

शिक्षा मन्त्री पोखरेललाई कोरोना संक्रमण पुष्टि

  छिटो खबर २०७७ आश्विन २५ गते आइतबार १७:३३:३६ मा प्रकाशित

काठमाडौ।शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेललाई कोरोना भाइरस संक्रमण भएको छ।पाटन अस्पतालमा गरिएको स्वाब परीक्षणको रिपोर्ट आइतबार पोजेटिभ आएको हो। मन्त्री पोखरेलले ज्वरो आएपछि स्बाव परीक्षणका लागि दिएका थिए।

`मन्त्री पोखरेलका प्रेस सहयोगी सुनिल खड्काका अनुसार मन्त्री पोखरेल अहिले पनि पाटन अस्पतालमै छन्।‘ज्वरो आएपछि हिजो उहाँ पाटन अस्पताल जानुभएको हो। स्वाब परीक्षण गर्दा आज रिपोर्ट पोजेटिभ देखियो,’ खड्काले भने।

प्रतिक्रिया

सम्बन्धित खवर

Top