होमपेज / स्वास्थ्य

कोरोना भाइरसको सक्रिय संक्रमित संख्या ४० हजार नाघ्यो

  छिटो खबर २०७७ कार्तिक ३ गते सोमबार १८:२५:१७ मा प्रकाशित

काठमाडौ।देशभर कोरोना भाइरसको सक्रिय सङ्क्रमितको संख्या ४० हजार नाघेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज सम्म देशभर सक्रिय सङ्क्रमितको संख्या  ४० हजार ७ सय ७८ पुगेको छ ।  मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले सक्रिय सङ्क्रमित मध्ये १३ हजार ८५१ जना संस्थागत आइसोलेशन र २६ हजार ९२७ होम आइसोलेशनमा रहेको जानकारी दिए । यस्तै गत २४ घण्टामा ३ हजार ७९० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । थपिएका सङ्क्रमितमध्ये २ हजार ३ सय ८८ जना काठमाडौं उपत्यकाका छन्, जसमध्ये काठमाडौंका २००८ जना, ललितपुरका २८१ र भक्तपुरका ९९ जना छन् ।यससँगै कुल सङ्क्रमितको संख्या १ लाख ३६ हजार ३६ पुगेको छ ।  यस्तै पछिल्लो २४ घण्टामा २ हजार ३ सय ३५ जना सङ्क्रमणमुक्त भएसँगै निको हुनेको कुल संख्या ९४ हजार ५०१ पुगेको प्रवक्ता डा. गौतमले बताए । यस्तै हालसम्म देशभर कोरोनाबाट मृत्यु हुनेको संख्या ७५७ पुगेको छ । पछिल्लो २४ घण्टामा मात्र थप १८ जनाको मृत्यु भएको  मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top