होमपेज / स्वास्थ्य

नयाँ प्रजातिको कोरोना भाइरस नेपालमा

  छिटो खबर २०७७ माघ ५ गते सोमबार १७:२२:५६ मा प्रकाशित

नेपालमा पनि नयाँ प्रजातिको कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बेलायतबाट आएका तीन जनामा नयाँ प्रजातिको कोरोना पुष्टि भएको जानकारी दिएको छ।

सोमबार विज्ञप्ति जारी गर्दै स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले हङकङस्थित प्रयोगशालामा गरिएको परीक्षणमा तीन जनामा नयाँ प्रजातिको कोरोना देखिएको जानकारी दिएका छन्।

केही दिनअघि बेलायतबाट आएका ६ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो। उनीहरूमा देखिएको कोरोना नयाँ प्रजातिको हो कि होइन भनेर विश्व स्वास्थ्य संगठनको सहयोगमा हङकङस्थित प्रयोगशालामा पठाइएको थियो।

प्रतिक्रिया

सम्बन्धित खवर

Top