होमपेज / कला/साहित्य

स्थानीय लोक संस्कृति संरक्षण तथा प्रस्तुती कार्यक्रम सम्पन्न

  छिटो खबर २०७६ फाल्गुण ६ गते मंगलबार २१:३३:१० मा प्रकाशित

फागुन ६, सल्यान ।
सल्यानको त्रिवेणी गाउँपालिकामा मंगलबार स्थानीय लोक सस्कृति संरक्षण गर्ने उद्देश्यले एक कार्यक्रम सम्पन्न गरिएको छ । गाउँपालिका अध्यक्ष मान बहादुर डांगीको अध्यक्षता एवम् जिल्ला समन्वय समिति प्रमुख केश बहादुर विष्टको प्रमुख आतिथ्यतामा सम्पन्न सो कार्यक्रममा स्थानीय लोक भाका तथा नृत्यहरुको प्रदर्शनी गरिएको थियो । 
सल्यानका चर्चित नृत्यहरु सोरठी, सिंगारु, पैंसेरी, झयाउरे लगायतका दर्जनौं नृत्यहरु कार्यक्रममा प्रस्तुत गरिएको थियो । स्थानीय कला तथा संस्कृति संरक्षण तथा प्रवद्र्धन गर्ने उद्देश्यले गाउँपालिकाले सो कार्यक्रम आयोजना गरिएको बताईएको छ । कार्यक्रममा प्रस्तुत हुने विभिन्न सांस्कृतिक विधाहरुलाई सम्मान पनि गरिएको छ ।


त्रिवेणी गाउँपालिकाको धार्मिक स्थल त्रिवेणीधाममा गरिएको सो कार्यक्रममा प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेल, शारदा नगरपालिका प्रमुख सुरेश अधिकारी, छत्रेश्वरी गाउँपालिका अध्यक्ष सन्तोष के.सी, डिएसपी ढकेन्द्र खतिवडा, त्रिवेणी गाउँपालिका उपाध्यक्ष करुणा खड्का लगायतका अतिथी रहेका थिए । 

प्रतिक्रिया

सम्बन्धित खवर

गजल

११ महिना अगाडि

गजल

१ बर्ष अगाडि

चित्र विवसका गजल

१ बर्ष अगाडि
Top