होमपेज / कला/साहित्य

जिन्दगी : एक डायरी

  छिटो खबर डेस्क २०७६ चैत्र ११ गते मंगलबार १५:२५:५६ मा प्रकाशित

 

 आँखा मान्दैन सत्य, 
मुटुले राेजेकाे रङसँग, 
आगाकाे रङ मिले पनि, 
खरानी हुनुअघि जीवनकाे
आस्था सम्झेर आाँखाभरि
म लेखिरहन्छु ढुक्ढुकीले 
हरपल याे दुनियाँकाे कविता, 

फूलकाे अनुहार पढ्दै
मुस्कुराएकाे बेला
हृदयकाे सेताे हिमाल मभित्र
कविता भएर उभिन्छ,
हिमालकाे चिसाे बिर्सेर
लहरलहरमा जिन्दगीका
प्रहरप्रहरमा असहजता छन्
तथापि
हरेक दिन लेखिन्छ 
हाे, 
आगाे र फूलसँग
मुस्कान र भुलसँग
कहिले आँसुले लेखिन्छ
कहिले मुस्कानले लेखिन्छ
मनका  पानापानामा
मैले भरेकी छु कविता

छातीकाे क्यानभासमा
आँखाकाे विशाल आकाश छानेर,
केही पाएपनि लेखिन्छ
गुमाएपनि लेखिन्छ
सत्य पनि लेखिन्छ
झुठो पनि लेखिन्छ
हरेक पल लेखिन्छ
हरेक दिन लेखिन्छ

केही भनिन्न, केही सुनिन्न
तैपनि
चराहरू छरिएजस्तै आकाशमा
यसरी छरियो जिन्दगी 
तिनका उडानअघि र पछि
न आकाश भरिएकाे छ,
न आकाश छेलिएकाे छ,
बस्,
पैतालाका डाेबहरूमा छाेपिएका
यात्राका अमर वृत्तान्त छन्,
मुटुकाे तहमा खाेपिएका
कविताका हजाराैं अभिलेखहरू छन्

फर्किएर हेर्छु तर,
एक्लै हिडेकाे छ छाया मजस्तै,
मनभरि लेखिएका भावहरू खाेज्छु
भाँचिएको पनि छैन, बचेको पनि छैन
अझै पनि 
खै किन हाेला,
जिन्दगीको डायरीका पानाहरू
खाली नै छन् ।

*शान्ति शर्मा, तीनकुने, काठमाडाै

प्रतिक्रिया

सम्बन्धित खवर

गजल

८ महिना अगाडि

गजल

१० महिना अगाडि

चित्र विवसका गजल

१० महिना अगाडि
Top