होमपेज / कला/साहित्य

सन्जय दत्तको सडक २ ट्रेलर रिलिजकै दिन साठी लाख बढी डिस्लाइक

  छिटो खबर २०७७ श्रावण २९ गते बिहीबार १४:५०:३२ मा प्रकाशित

बलिउड चलचित्र ‘सडक २’ले युटुबमा सर्वाधिक धेरै डिसलाइक पाउने चलचित्रको रेकर्ड नै बनायो । सार्वजनिक भएको २४ घन्टा पनि नवित्दै यो चलचित्रको ट्रेलरलाई दर्शकले बहिष्कार गरेको सन्देश दिएका छन् ।

नायिका आलिया भट्ट, नायक संजय दत्त र आदित्य रोय कपुरको मुख्य भूमिका रहेको चलचित्रको ट्रेलरमा ६० लाख भन्दा बढी डिसलाइक आउनुको कारण के हो त ?

महेश भट्टको निर्देशनमा तयार भएको यो चलचित्रलाई दर्शकले किन बहिष्कार गर्नुको कारण बिषयवस्तु नै कमजोर हुनु होइन । 

तर, भारतमा नायक सुशान्त सिंह राजपुतको निधनपश्चात बहसमा रहेको नेपोटिज्मको सबैभन्दा ठूलो मारमा आलिया र उनको परिवार परिरहेको छ । यहीकारणले, गर्दा नै यो चलचित्रलाई बहिष्कारको अभियान चलिरहेको थियो । जसको कारणले पनि यो चलचित्रलाई डिसलाइक गर्नेको संख्या यति धेरै देखिएको हो ।

सुशान्तको निधनपछि सामाजिक संजालमा अत्याधिक गाली आएपछि आलियाले कमेन्ट गर्न नमिल्ने बनाएकी छिन् । युटुबमा आएका ५ लाख बढी प्रतिक्रिया पनि आलोचनाले भरिएका छन् 

प्रतिक्रिया

सम्बन्धित खवर

गजल

२ महिना अगाडि

जिन्दगी : एक डायरी

६ महिना अगाडि
Top