होमपेज / कला/साहित्य
✍️✍️✍️
भाबिले भाग्य रेखा केरेर हाँसिदिन्छ।।
देउताले पनि दशा हेरेर हाँसिदिन्छ।।
आफू खुसी हुन अभिनय गर्नुपर्दो रैछ,
यो दुनियाँ त हालत देखेर हाँसिदिन्छ।।
परानुभुतिमा रोइदिने मान्छे हो उ तर,
संसार त उस्कै घाँटी रेटेर हाँसिदिन्छ।।
जीवन रोदनको रोदिघर जस्तो हुन्छ,
मृत्युले त कफनमा बेरेर हाँसिदिन्छ।।
भौतिक महानताको घमण्ड देखेर हो,
इतिहासले अस्तित्व मेटेर हाँसिदिन्छ।।
२०७७/०५/०४