होमपेज / खेलकुद

शारदाकाे दाेश्राे रनिङ्ग शिल्ड सुरु : ९ विधामा प्रतिस्पर्धा हुने

  छिटो खबर २०७६ माघ २० गते सोमबार २१:२२:१५ मा प्रकाशित

सल्यानको शारदा नगरपालिकामा दोस्रो राष्ट्रपति रनिङ शिल्ड सुरु भएको छ । दुईदिनसम्म संचालन हुने शिल्डको सोमबार खलंगाको लुहापिङ मैदानमा उद्घाटन गरिएकाे हाे ।

शारदा नगरपालिकाका प्रमुख सुरेश अधिकारीकाे अध्यक्षतामा सन्चालन भएकाे रिनङ्ग शिल्डकाे उद्घाटन  कार्यक्रमका प्रमुख अतिथी जिल्ला समन्वय प्रमुख केश बहादुर विष्टले गरेका थिए । साेमबार उद्घाटन भएकाे साे प्रतियाेगितामा ९ वटा  विधामा  विद्यार्थीहरुले प्रतिस्पर्धा गर्नेछन । 

नगरपालिका क्षेत्रमा रहेका १० सामुदायिक र ५ संस्थागत गरी जम्मा १५ विद्यालयले यस रनिङ्ग शिल्डमा सहभागिता जनाएका छन ।  साे प्रतियाेगिताअन्तर्गत साेमबार भलिबल, कबड्डी, १०० मि दाैड, ४०० मि दाैड, ८०० मि दाैड, रिले दैाड, हाइ जम्प, लंग जम्प, सर्ट पुट लगायत खेलमा प्रतिस्पर्धा भएका थियाे । फाइनल खेल भने म‌ंगलबार हुने खेलकुद संयाेजक लिलाधर बबालले बताएका छन । 

१५ विद्यालहरुले खेलमा सहभागीता जनाएको नगर शिक्षा संयोजक तिलाधर बपालले बताए । उनकाअनुसार शिल्ड खेलहरुमा छात्रछात्रा भलिबल, दौड, हाइजम्प, लम्जम्प, त्रिपलजम्प, ज्याभिलिङ, तेकान्दो, कपडी लगाएतका रहेका छन् ।

शिल्डको उद्घाटन कार्यक्रममा जिल्ला समन्वय उपप्रमुख हरि बहादुर बुढाथोकी, शारदा नगरपालिका  उपप्रमुख सावित्रा बस्नेत, प्रमुख प्रशासकीय अधिकृत कृष्ण बहादुर शाही, नेका के्न्द्रीय सदस्स डिल्लीराज रेग्मी, काँग्रेस जिल्ला सभापती गणेश चन्द, वडा अध्यक्षहरु लगाएतको उपस्तिथी रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top