होमपेज / खेलकुद

मेल्वर्न स्टार्स फाइनलमा

  छिटो खबर २०७६ माघ २३ गते बिहीबार २१:१२:२७ मा प्रकाशित

अस्ट्रेलियामा जारी बिग ब्याश लिग क्रिकेटमा नेपाली खेलाडी सन्दीप लामिछाने आबद्ध मेलबर्न स्टार्स फाइनलमा प्रवेश गरेको छ । लामिछाने भने त्रिकोणात्मक सिरिजका लागि नेपाल फर्किसकेका छन् ।

क्वालिफायर राउण्डमा पराजित भएपछि च्यालेन्जर्स राउण्डमा सिड्नी थण्डरलाई २८ रनले पराजित गर्दै मेल्वर्न स्टार्सले फाइनलमा स्थान बनाएको हो । फाइनलमा मेलबर्नले अब सिड्नी सिक्सर्ससँग खेल्ने छ ।

टस जितेर पहिला ब्याटिङ गरेको मेलबर्नले निर्धारित २० ओभरमा २ विकेट गुमाएर १९४ रन बनाएको थियो । उसका लागि निक लार्किनले नट आउट ८३ रन बनाउँदा मार्कस स्टोइनिस पनि ८३ रनमा आउट भएका थिए । सिड्नी थन्डरका क्रिस मोरिसले २ विकेट हात पारे ।

१९५ रनको लक्ष्य पछ्याएको थन्डरले एलेक्स रोसले ५८ रन बनाउँदा अर्जुन नायरले ३० रन बनाउँदा उस्मान ख्वाजाले २३ रनको योगदान गरे पनि हार भने टार्न सकेनन् । थन्डरले निर्धारित ओभरमा ८ विकेट गुमाएर १६६ रन मात्रै बनाउन सक्यो ।

मेलबर्नका लागि ह्यारिस रौफले तीन विकेट तथा नेथन कुल्टर नाइल र एडम जाम्पाले दुई दुई विकेट लिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top