होमपेज / खेलकुद

आइसिसी बिश्वकप लिग २ छनाेटमा नेपालद्वारा अमेरिका पराजित : कुशलको किर्तिमान

  छिटो खबर २०७६ माघ २५ गते शनिबार १७:३६:२५ मा प्रकाशित

युवा अलराउण्डर कुशल मल्लले ओडीआई  (एक दिवशीय) डेब्युमा कीर्तिमानी अर्धशतक अनी बलरहरुको उत्कृष्ट प्रदर्शनमा नेपालले आइसीसी क्रिकेट विश्वकप लिग-२ मा अमेरिकालाई ३५ रनले पराजित गरेको छ ।  विश्वकप लिग २ छनाेट अन्तर्गत कुशल मल्लले डेब्युमै अर्धशतक प्रहार गर्दै ओडीआईमा अर्धशतक प्रहार गर्ने कान्छो खेलाडी समेतको रेकर्ड राखेका छन ।

पहिले ब्याटिङ गरेकाे नेपालले ४९.२ ओभरमा सबै विकेट गुमाउँदै १ सय ९० रन बनाएकाे थियाे । १ सय ९० रन बनाउने क्रममा बिनाेद भण्डारीले ५९ तथा आजै डेब्यु गरेका कुशल मल्लले ५० रनकाे अर्धशतकीय याेगदान गरेका थिए । बलिङतर्फ अमेरिकाका स्टेभेन्सनले तीन तथा नेत्रवल्कर र थेराेनले समान दुई दुई विकेट लिए ।

जवाफमा एक सय ९१ रनको लक्ष्य पछ्याएको अमेरिका ४४. १ ओभरमा १ सय ५५ रनमा अल आउट भयाे । १ सय ५५ रन बनाउने क्रममा अमेरिकाका आईजी हल्याण्डले सर्वाधिक ७५ रन बनाए भने स्ट्भेन्सनले १९ रन बनाए । 

बलिङतर्फ करण केसीले सर्वाधिक चार, सुशन भारीले तीन, सन्दीप लामिछानेले दुई तथा कुशल मल्लले एक विकेट लिए । 

चार विकेट लिने करण केसी म्यान अफ द म्याच घाेषित भएका छन ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top