होमपेज / खेलकुद

३५८ रन बनाएको भारत अस्ट्रेलियासँग ४ विकेटले पराजित

  छिटो खबर २०७६ मंसिर ६ गते शुक्रबार २३:१८:०५ मा प्रकाशित

पाँच म्याचको एक दिवसिय क्रिकेट श्रृखंला खेलिरहेको भारतले चौथो म्याचमा ३५८ रनको विशाल स्कोरका बाबजुत नतिजा पाहुना टोली अस्ट्रेलियालाई सुम्पेको छ।

९ विकेटमा भारतले बनाएको सो स्कोरलाई अस्ट्रेलियाले ६ विकेटको क्षतिमा ४७.५ ओभरमा हासिल गर्‍यो। लगातार दुई खेल जितेको भारतलाई लगातार दुई खेल हराएर अस्ट्रेलियाले सिरिजमा २-२ को बराबरी गर्न सफल भएको छ।

२-२ को बराबरीले पाँचौ म्याचलाई रोचक बनाउएको छ।

पहिले ब्याटिङ गरेको भारतका लागि  रोहित शर्मा र शिखर धवनले पहिलो विकेटका लागि १९३ रनको साझेदारी गरे।  धवनले यसक्रममा ११५ बल खेल्दै १४३ रन बनाए भने रोहित आफ्नो २३ औं शतक बनाउन केवल ५ रनले चुके। उनले ९२ बलको सामाना गर्दै भारतका लागि ९५ रन जोडेका थिए।

यसैगरी जवाफी ब्याटिङमा आएको अस्ट्रेलियाका लागि उस्मान ख्वाजा र पिटर ह्याण्डस्कम्ब उत्कृष्ट रन जोडेका थिए। उस्मानले ९९ बलमा ९१ रन बनाए भने ह्याण्डस्कम्बले १०५ बलमा ११७ रन जोडे। हिजोको म्याचमा टर्नरले म्याचको ४३ बलमा नटआउट ८४ रन जोडेर भारतलाई निराश बनाउने काम गरे।  

हिजोको खेलमा भारतिय बलरहरूले राम्रो सुरूवात गरेपनि त्यसलाई कायम राख्न सकेनन्। भारतले अस्ट्रेलियाका कप्तान आरोन फिन्चलाई शून्यमा र शान मारसलाई केवल ६ रनमा पेभेलियन फर्काएका थिए।  युजबेन्द्र चहलले १० ओभरमा ८० रन दिदैं एक विकेटमात्र लिन सके भने जसप्रीत बुमराहको ६३ रनमा ३ विकेटले पनि भारतको भाग्य बदल्न सकेन भने ६७ रनमा एक विकेट लिएका भुवनेश्वर पनि महँगा नै सावित भए।

त्यसपछि ब्याटिङ गर्न आएका ख्वाजा र ह्याण्डस्कम्ब अस्ट्रेलियालाई सम्हाले र टर्नरको ४३ बलमा नटआउट ८४ रनले अस्ट्रेलियाले म्याच जित्यो।

दुबै टोलीले निर्णायक म्याच बुधबार दिल्लीमा खेल्नेछन्।

प्रतिक्रिया

सम्बन्धित खवर

Top