होमपेज / खेलकुद

आर्सनलसँग म्यानचेस्टर युनाइटेड २-० ले पराजित

  छिटो खबर २०७६ मंसिर ६ गते शुक्रबार २३:१८:०५ मा प्रकाशित

म्यानचेस्टर युनाइटेड आर्सनलसँग २–० ले पराजित भएको छ।इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत आइतबार राति भएको खेलमा युनाइटेड पराजित भएको हो।

जोसे मोरिन्हो हटाइएर प्रशिक्षक ओल गुनार सोल्सकेएरले प्रशिक्षकत्व सम्हालेपछि म्यानचेस्टर युनाइटेड पहिलो पटक पराजित भएको हो।

अवे मैदानमा भएको खेलमा म्यानचेस्टर युनाइटेडले पहिलो र दोस्रो हाफमा क्रमश: एक एक गोल खाएर हारेको हो ।

२-० को जित दर्ता गर्ने क्रममा आर्सनलले युनाइटेडविरूद्ध पहिलो गोल खेल सुरू भएको १२ औं मिनेटमा  गरेको थियो। उसका लागि सो गोल ग्रानेट जाकाले गरेका थिए। यसैगरी दोश्रो हाफको ६९ औं मिनेटमा  पिएर एमरिकले दोश्रो गोल गरेका थिए।

सो गोल पेनाल्टी मार्फत भएको हो।

युनाइटेडमाथिको जितपछि आर्सनलले लिग तालिकामा पनि उसलाई २ अंकले पछाडी पार्न सफल भएको छ। समान ३० खेलेका उनीहरूको क्रमश: ६० र ५८ अंक रहेको छ।  जितपछि आर्सनल चौथो स्थानमा उक्लेको छ।

युनाइटेडका लागि रामेलु लुकाकुले गोल गर्ने राम्रो अवसर सिर्जना गरेपनि उनको प्रयासलाई आर्सनलका गोलरक्षक बनार्ड लिनोले असफल बनाइदिए। यस्तै फ्रेडले पनि आफ्नो प्रहारलाई जाली चुमाउन सकेनन्।

प्रतिक्रिया

सम्बन्धित खवर

Top