होमपेज / खेलकुद

महामारीकै दौरान इङ्लिश प्रिमियर लिग आजबाट सुरु हुँदै

  छिटो खबर २०७७ असार ३ गते बुधबार १९:०८:२३ मा प्रकाशित

विश्वभरका फुटबल समर्थकका लागि पर्खाइ बनिरहेको इंग्लिस प्रिमियर लिगको स्थगित खेलहरु आज (बुधबार)बाट सुरु हुँदै छ। कोभिड–१९ का कारण १०० दिनको लामो स्थगन पछि प्रिमियर लिग मैदानमा फर्कन लागेको हो।

शीर्ष टिमहरुले अब तुलनात्मक रुपमा कमजोर टिम विरुद्ध प्रदर्शन गर्नु पर्ने छ। लिगमा शिर्ष स्थानमा रहेको लिभरपुलको डिफिकल्टी लेवल केवल १.६ प्रतिशत छ। त्यस्तै म्यानचेस्टर सिटीको १.२ मात्रै छ। दुवैका लागि बाँकी खेल जित्न धेरै मुस्किल हुने छैन।

सबै २० टिमले कुल ९२ खेल खेल्दै छन्। कुनै टिमले ९ खेल खेल्न बाँकी रहँदा कुनै टिमले १० खेल खेल्नु पर्नेछ। लिग २५ जुलाईमा सकिने छ। चेल्सीको प्रिमियर लिग तथा एफ ए कप मिलाएर औसत ३.६ दिनमा एक खेल खेल्नु पर्ने छ। जुन निकै ब्यस्त कार्यतालिका हो।

सङ्ग सङ्गै रंगभेद विरुद्धको लडाँइमा अब इपीएलका खेलाडीहरुपनि सहभागि हुँदै छन्। लीगमा फुटबलरले आफ्नो नामको स्थानमा ‘ब्ल्याक लाइभ्स म्याटर’ लेखेको जर्सी लगाउने छन्। प्रतियोगिताको सुरुवाती १२ खेलमा खेलाडीले यस्तै जर्सी लगाउने छन् यो निर्णयमा सबै खेलाडी, सबै कर्मचारी, सबै क्लब र सबै खेल अधिकारीहरुले समर्थन देखाएका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

Top