होमपेज / खेलकुद

क्रिकेट संघ सल्यानकाे प्रथम अधिवेशन सम्पन्न: ८ वर्ष पछि आधिकारिकता

  छिटो खबर २०७७ पौष ४ गते शनिबार १७:३५:१२ मा प्रकाशित

पुष ३, सल्यान ।

स्थापना भएकाे करिब ८ वर्ष पछि सल्यान क्रिकेट संघकाे प्रथम अधिवेशन सम्पन्न भएकाे छ ।  क्यानकाे विवाद लगायत विविध कारणवश लामाे अवधी सम्म संघले आधिकारिकता नपाउंदा सरकारकाे तर्फबाट वा क्यानकाे तर्फबाट प्राप्त हुने सहयाेग बाट सल्यान बन्चित रहँदै आएकाे थियाे । शनिबार सल्यान क्रिकेट संघकाे आधिकारिक प्रथम अधिवेशन भएकाे हाे । संघले क्यानमा आवद्ध हुनकाे लागि भने थप प्रक्रिया पूरा गर्नु पर्नेछ । 

जिल्ला समन्वय समितिकाे हलमा सम्पन्न अधिवेशनबाट सविन हमालकाे अध्यक्षतामा ९ सदस्यीय नयाँ कार्यसमिति चयन भएकाे छ । जिल्लामा संघ गठन भए पछि हमाल अध्यक्षमा रहे पनि उनी आधिकारिक संघकाे पहिलाे अध्यक्ष निर्वाचित भएका हुन् । उनकाे नेतृत्वमा चयन भएकाे नयाँ कार्यसमितिमा उपाध्यक्ष विकास शर्मा, सचिव असीम साफ विष्ट, सहसचिव सन्ताेष खत्री र काेषाध्यक्षमा विवेस बाबु श्रेष्ठ रहेका छन् । यसै गरी सदस्यहरुमा बुलन्द बाबु सेजवाल, निराजन श्रेष्ठ, जीवन भण्डारी र अभिषेक हमाल रहेका छन् । अधिवेशनले संघकाे सल्लाहकारमा सचेत शाह र कल्याण श्रेष्ठलाइ चयन गरेकाे छ ।

संघका अध्यक्ष हमालकाे अध्यक्षता एवम् जिल्ला समन्वय समिति सल्यानका प्रमुख केश बहादुर विष्टकाे प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा नेपाल क्रिकेट संघका केन्द्रीय सदस्य एवम् कर्णाली प्रदेश संयाेजक पदम खड्का, क्रिकेट संघ सुर्खेतका जिल्ला अध्यक्ष श्रीधर के‍सी, संघका सचिव कल्याण श्रेष्ठ, नेपाली कांग्रेस शारदा नगरपालिकाका नगर सभापति सचेत शाह, पत्रकार महासंघ सल्यानका सभापति प्रतिक शर्मा, कराँते स‌घका अध्यक्ष बबी शाह, नयाँ दृष्टिका सम्पादक भुम प्रकाश भण्डारी लगायतकाे उपस्थिति  रहेकाे थियाे।

अधिवेशनलाइ सम्वाेधन गर्दै प्रमुख अतिथी विष्टले खेलकुद क्षेत्रकाे विकासकाे लागि आफ्नाे तर्फबाट हर सम्भव सहयाेग रहने र खेलाडी तथा खेल क्षेत्रमा आवद्ध सबै जना क्रियाशील र लगनशील रहनुपर्ने बताएका थिए ।

कार्यक्रमकाे सुरुवातमा  क्रिकेट स‌ंघ सल्यानका सदस्य एवम् नेपाल विध्यार्थी संघका उपाध्यक्ष कमल वलीले स्वागत मन्तव्य राखेका थिए । 

प्रतिक्रिया

सम्बन्धित खवर

Top