होमपेज / खेलकुद

सल्यानमा पहिलो पटक व्याडमिन्टन प्रतियोगिता सम्पन्न : विभिन्न जिल्लाका ५२ टिम सहभागी

  छिटो खबर २०७७ माघ २५ गते आइतबार १८:०२:५३ मा प्रकाशित

माघ २५, सल्यान ।
सल्यानमा पहिलो पटक व्याडमिन्टन प्रतियोगिता सम्पन्न भएको छ । शुक्रबार देखि सुरु भएको प्रतियोगिता लगातार ३ दिन सम्म सन्चालन भइ आइतबार सम्पन्न भएको हो । नवशक्ति युवा क्लब श्रीनगरको आयोजनामा भएको उक्त प्रतियोगितामा दाङ्गको टिम विजयी भएको छ । प्रतियोगितामा सहभागी जम्मा ५२ टिम मध्ये दाङ्ग, नेपालगन्ज, रुकुम र सुर्खेत सेमिफाइनलमा पुगेका थिए । जस मध्ये सुर्खेलाई हराएर दाङ्ग फाइनलमा पुगेको थियो भने रुकुमलाई हराएर नेपालगन्ज फाइनलमा पुगेको थियो । आइतबार भएको फाइनल खेलमा दाङ्गबाट सहभागी टिका जंग वली र सोम हमालको टिमले नेपालगन्जबाट सहभागी रन्जर भण्डारी र अर्जुन बुढामगरको टिमलाई पराजित गर्दै प्रतियोगिताको विजयी बनेको हो । 
क्लवका अध्यक्ष नसीब श्रेष्ठको अध्यक्षतामा भएको समापन कार्यक्रमको प्रमुख अतिथ्यता नेपाली काँग्रेस शारदा नगरपालिकाका सभापति सचेत शाहले गरेका थिए । शारदा नगरपालिकाको पटनेरीमा सम्पन्न प्रतियोगिताको समापन कार्यक्रममा बोल्दै प्रमुख अतिथि सचेत शाहले सल्यानमा व्याडमिन्टन प्रतियोगिता सफलता पूर्वक व्यापक सहभागितामा सम्पन्न भएकोमा हर्ष प्रकट गर्दै आयोजक प्रति आभार प्रकट गरेका थिए । समापन कार्यक्रमको सन्चालन खेलाडी मनोज सिंहले गरेका थिए । 
प्रतियोगिता सन्चालनको लागि शारदा नगरपालिका र सल्यान उद्योग वाणिज्य संघले आर्थिक सहयोग गरेको थियो ।
 

प्रतिक्रिया

सम्बन्धित खवर

Top