होमपेज / स्थानीय

श्रीनगरका घर, टहरा भत्काउने नगरपालिकाको निर्णय : ठुला घर पहिले भत्काउनु पर्ने स्थानियको भनाइ

  छिटो खबर २०७६ पौष २५ गते शुक्रबार २१:१७:४९ मा प्रकाशित

सल्यानको शारदा नगरपालिकाले श्रीनगर बजार क्षेत्रमा रहेका ठुला पक्की घरहरु भन्दा पहिले बसपार्क क्षेत्रमा रहेका साना टहरा हरु भत्काउने भनेपछी स्थानिय व्यवसायी तथा वासिन्दा हरु आक्रोसित भएका छन । 

नगरपालिकाले श्रीनगर बजार क्षेत्रमा ऐलानी जग्गामा रहेका घर टहराहरु भत्काउने निर्णय गर्दै १५ दिने सुचना जारी गरेको छ । शारदा नगरपालिकाको पुष २४ गते बसेको कार्यपालिकाको बैठक बाट श्रीनगर बजार र बसपार्क क्षेत्र भित्र रहेका घर, टहरा हरु १५ दिन भित्र भत्काउने निर्णय भएको हो । 

नगरपालिकाका  अनुसार यस क्षेत्र भित्र निर्मित घर तथा टहराहरु १५ दिनभित्र व्यक्ति स्वयमले भत्काउनु पर्ने र यदि नभत्काएमा नगरपालिकाले आफ्नै श्रोत साधन प्रयोग गरेर भत्काउने निर्णय गरेको बताइएको छ । तर नगरपालिकाले घर, टहरा भत्काउने कार्य बसपार्क क्षेत्र बाट सुरु गर्ने भनेपछी स्थानिय हरु आक्रोसित भएका छन ।

बजार क्षेत्रमा बनेका ठुला पक्की घरहरु छोडेर साना टहराहरु भत्काउन लागेकोले स्थानियहरु नगरपालिका प्रती आक्रोशित भएका हुन । नगरपालिकाले पहिले यस क्षेत्रका ठुला घरहरु बाट भत्काउने कार्य सुरु गर्नुपर्ने उनिहरुको अडान छ । "ठुला घरहरु लाई नचलाउने र गरिबहरुका स साना टहराहरु भत्काउने ?" १९ वर्ष देखि श्रीनगर बसपार्कमा होटेल व्यवसाय गर्दै आएकी एक महिलाले भनिन "सरकारले ऐलानिमा ठुला पक्की घर बनाएर शटर भाडा दिनेहरुको घर पहिले भत्काओस, हाम्रा टहरा हामी आफै भत्काउछौ ।" 
यसै सन्दर्भमा स्थानिय वासिन्दा एवम व्यवसायि सन्तोष केसि ले ठुला घरहरु बाट भत्काउने काम सुरु गर्नुपर्ने अडान राखेका छन । "ठुला घरहरु लाई नछोएर गरिबहरुका साना साना टहराहरु भत्काउन पाइदैन ।" केसि नेपाली काङ्ग्रेसका क्षेत्रीय सभापती, छत्रेश्वरी गाउपालिकाका अध्यक्ष र तरुण दल सल्यानका अध्यक्ष पनि हुन । उनले भने "पहिले पक्की घरहरु भत्काउनु पर्छ त्यस्पछी मात्र साना टहरा भत्काउन पाइन्छ । नत्र स्थानिय सरकार र स्थानिय वासिन्दा बिच चर्को द्वन्द्व हुने निश्चित छ । नागरिकहरुको लागि अन्याय हुने त्यो दिनमा म स्वयम् स्थानिय वासिन्दाहरुको लागि लड्न तयार छु ।" 
श्रीनगर बजार क्षेत्रमा करिब ८७ रोपनी जग्गा ऐलानी रहेको छ र ठुला ठुला पक्की घरहरु समेत निर्माण गरिएका छन । हाल यश क्षेत्रमा ऐलानी जग्गाको  चरम अतिक्रमण भैरहेको छ । यस्तो जग्गामा व्यक्तिगत एवम संस्थागत भवनहरु बनिरहेका छन । 
ठुला व्यक्तिगत एवम संस्थागत भवनहरुलाइ छोडेर किन साना टहराहरु भत्काउन लागिएको हो ? भन्ने छिटो खबरको प्रश्नको जवाफ दिदै नगरपालिका प्रमुख सुरेश अधिकारिले भने "अहिले बसपार्क बाट भत्काउन सुरु गरिन्छ र क्रमिक रुपमा सबै ठुला घरहरु पनि भत्काइन्छ ।" बसपार्क बनाउनको लागि अहिले आवश्यक भएको क्षेत्र पहिले भत्काउनुपर्नेमा उनको जोड थियो । 
आधुनिक बसपार्क बनाउनको लागि ४२ करोड बराबरको डिपिआर गरिएको र सो को लागि ठाउँ चाहिएकोले टहराहरु भत्काउनुपर्ने आवश्यक रहेको उनको भनाइ थियो ।
यसै सन्दर्भमा उद्योग वाणिज्री संघ सल्यानका अध्यक्ष वीर बहादुर चलाउने भन्छन "नगरपालिकाको निर्णय राम्रो छ तर ठुला घरहरु र टहराहरु क्रमिक रुपमा भत्काइन्छन भन्ने कुराको ग्यारेन्टी छैन त्यस्कारण ठुला साना सबै घर टहराहरु सङ्ग सङ्गै भत्काइनु पर्छ र व्यवसायी तथा उद्योगी हरुको तत्कालको लागि वैकल्पिक व्यवस्था गरिनु पर्छ ।" 
नगरपालिकाको यो निर्णयको सन्दर्भमा हामिले वडा नम्बर १२ का वडा अध्यक्ष एवम नगरपालिकाका प्रवक्ता दिपक हमाल सङ्ग कुरा गरेका थियौ । यश सन्दर्भमा कुरा गर्दै उनले भने-"कार्यपालिकाले गरेको निर्णय आफैमा राम्रो छ  तर कार्यान्वयन चरणमा जादा पहिले ठुला घरहरु नै भत्काउनु पर्छ, मेरो कुरा स्पष्ट छ ।" ठुला घरहरु भत्काइएमा साना टहराहरुमा बस्ने हरुले आफै छोडेर जाने वा भत्काउने अवस्था भएको भन्दै उनले थपे "भद्र भलाद्मी बनेर सार्वजनिक जग्गा अतिक्रमण गर्नेहरुको ठुला घर हरु पहिले भत्काउनु पर्छ ।"
सरोकार वालाहरु तथा स्थानिय वासिन्दा हरुको यो प्रतिक्रिया सुन्दा नगरपालिकाको यो निर्णय चरण भन्दा पनि निर्णय कार्यान्वयन चरण ज्यादा विवादित र पेचिलो बन्दै गएको देखिन्छ । 

 

प्रतिक्रिया

सम्बन्धित खवर

Top