होमपेज / स्थानीय

छत्रेश्वरीमा ४२ करोड बढीको बजेट तथा नीति कार्यक्रम प्रस्तुत ः गौरवका योजनाहरु मुख्य प्राथमिकतामा 

  छिटो खबर २०७७ असार १० गते बुधबार २०:४०:२८ मा प्रकाशित

असार १०, सल्यान ।
छत्रेश्वरी गाउँपालिकाको गाउँसभामा आज नीति तथा कार्यक्रम प्रस्तुत गरिएको छ । असार १० गते सम्पूर्ण स्थानीय तहहरुले बजेट, नीति तथा कार्यक्रम सभामा पेश गरिसक्नुपर्ने संवैधानिक व्यवस्था बमोजिम गाउँपालिकाले नीति तथा कार्यक्रम पेश गरेको हो । गाउँपालिका अध्यक्ष सन्तोष के.सीले गाउँपालिकाको आठौं गाउँसभामा ४२ करोड ७२ लाख ८० हजार ९०० बराबरको बजेट सहितको नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन । नीति तथा कार्यक्रम प्रस्तुत गर्दै अध्यक्ष के.सी.ले जनताले दिएको मेन्डेट बमोजिम सबै सकारात्मक भएर जनहितका लागि काम गर्न आग्रह गरेका छन् । 
प्रस्तुत नीति तथा कार्यक्रममा सबै क्षेत्र र विषयहरुलाई समेटिएको बताईएको छ । नीति तथा कार्यक्रममा गाउँपालिकाका दुई वटा सडकलाई गौरवका आयोजना अन्तर्गत राखिएको छ । यस अन्तर्गत शंखमूल जयचौर खर्सुवास सडक र शंखमूल जिताठान तुषारे सडक निर्माण कार्यलाई तिव्रता दिंदै आ.व. २०७७।०७८ मा सम्पन्न गर्ने लक्ष्य राखिएको छ । त्यसै गरी लान्ती लेखपोखरा दमाचौर सडकलार्ई उच्च प्राथमिकतामा राखी स्तरोन्नती गर्ने र यसका लागि प्रदेश र संघीय सरकार सँग समेत सहकार्य गर्ने उल्लेख गरिएको छ । गाउँपालिकाको महत्वाकांक्षी योजनाको रुपमा रहेका लेखपोखरा विमानस्थलको प्रारम्भिक अध्ययन सकारात्मक रहेको र थप प्रक्रियाहरु अगाडी बढाइने पनि उल्लेख गरिएको छ । 
शारदा क्याम्पस शंखमूललाई शैक्षिक हबको रुपमा विकास गरिने , स्वरोजगार सृजना गर्नका लागि लघु उद्यम विकास कार्यक्रम सन्चालन गर्ने, साना तथा मझौला उद्योगहरुलाई प्रवद्र्धन गर्ने, कृषिलाई व्यवसायीकिकरण गर्ने विषयहरु विशेष प्र्राथमिकतामा राखिएको छ । निर्माणाधीन योजनाहरुलाई शिघ्र सम्पन्न गर्ने, बहुवर्षी योजनाहरुलाई तिव्रता दिने, विद्युत, खानेपानी र शिक्षा क्षेत्रलाई विशेष प्राथमिकता दिईने विषयहरु नीति तथा कार्यक्रममा समेटिएको छन । 
गाउँसभामा उपाध्यक्ष सीता के.सी, वडा नंं ३ का वडा अध्यक्ष राज बहादुर बुढाथाकी र वडा नंं ७ का वडा अध्यक्ष मेघराज भण्डारीले मन्तव्य राखेका थिए भने प्रमुख प्रशासकीय अधिकृत डिल्ली खड्काले गाउँसभा सन्चालन गरेका थिए । 
सल्यानको शारदा नगरपालिका, बागचौर नगरपालिका र त्रिवेणी गाउँपालिकाले पनि आजै बजेट तथा कार्यक्रम प्रस्तुत गरेका छन् । 


 

प्रतिक्रिया

सम्बन्धित खवर

Top