होमपेज / स्थानीय

सल्यानका ९ वटा स्थानीय तहमा कोरोना सङ्क्रमण : हालसम्म ग्रीन जोनमा छत्रेश्वोरी

  छिटो खबर २०७७ असार १२ गते शुक्रबार १५:५७:०४ मा प्रकाशित

असार १२, सल्यान । सल्यानका ९ वटै स्थानिय तहमा कोरोना सङ्क्रमण पुष्टि भएको छ । शारदा नगरपालिकामा पहिलोपटक ३ जनामा कोरोना पोजेटिभ भेटिएका सङ्गगै सङ्क्रमित स्थानीय तहको संख्या ९ पुुुुुगेको हो । शुक्रबार  शारदा नगरपालिकाको वडा नम्बर ९ मा २५ र ३७ का पुरुष र वडा नम्बर १२ मा ३२ वर्षका पुरुषको पीसीआर रिपोर्ट पोजेटिभ आएको स्वास्थ्य सेवा कार्यालय सल्यानले जनाएको छ ।

सम्बन्धित वडाको क्वारेन्टाइनमा बसी रहेको संक्रमितहरुलाइ खलंगामा रहेको आइसोलेसनमा ल्याउने तैयारी भइ रहेको स्वास्थ्य सेवा कार्यालय सल्यानका प्रमुख डाक्टर अर्जुन बुढाले जानकारी दिए । यो संगै सल्यानमा कोरोना संक्रमितको संख्या १ सय ७६ पुगेको छ । संक्रमित मध्ये १ सय ५० जना उपचार पछि निको भएर घर फर्किसकेका छन् ।

सल्यानमा यसअघि ८ वटा स्थानीय तहमा कोरोना पुगिसकेको थियोे । अब सल्यानमा कोरोना संक्रमित नदेखिएको स्थानीय तहमा छत्रेश्वरी गाउँपालिका मात्रै रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top