होमपेज / स्थानीय

शारदा नगरपालिका वडा नम्बर १२ को ताला खोलियो

  छिटो खबर २०७७ भाद्र १५ गते सोमबार १२:२६:५६ मा प्रकाशित

शारदा नगरपालिका वड नम्बर १२ मा लगाइएको ताला खुलेको छ । आइतबार भएको छल्फल पछि ताला खुलेको शारदा नगरपालिकाले जनाएको छ । नेकपा निकटका कार्यकर्ता हरुले वडा कार्यालयमा शुक्रवार लगाएको ताला आफै खोलेको बताइएको छ । च्युरी खोला लिफ्ट सिस्टम खानेपानी आयोजनाको मुहान दर्ता गर्न गठन गरिएको समितिलाइ कारण  बनाएर उनिहरुले तालाबन्दी गरेका थिए।
नेकपा शारदा नगर कमिटिका सङ्योजक नवीन भडेलको उपस्थितिमा आज ताला खोलिएकोहो । भडेलले आफ्ना कार्यकर्ता हरुले भावबेसमा कुनै गल्ती गरेकोभए अब देखि त्य्स्तो गल्ती नगर्ने प्रतिवद्धता ब्यक्त गर्दै खानेपानीको लागि सवैको सहमती र सहभागिता चाहिने भन्दै ताला खोल्न आफ्ना कार्यकर्ता लाई निर्देशन गरेको नगरपालिकाले बताएको छ ।
गएको साउन १० गते १२ नम्वर  वडा कार्यालयले च्युरिखोला लिफ्ट सिस्टम खानेपानी मुहान दर्ता गर्न स्थानिय प्रेम बिस्टको अध्यक्षतामा एक समिती गठन गरेकोथियो। सो समितिमा नेकपाका कार्यकर्ता हरुलाइ पदाधिकारी सहित सद्स्य पदमा राखिएको र समिती सर्वपक्षिय रहेको वडा अध्यक्ष दिपक हमालको भनाइ रहेको छ । 
च्युरिखोला लिफ्ट सिस्टम खानेपानी आयोजना १२ नम्वर वडाको महत्वपुर्ण योजना हो।यो योजना सम्पन्न भएमा त्यहाको तिमिले,डाङ्ग्री,मुलडाडा लगाएतका गाउमा खानेपानीको समस्या समाधान हुनेछ।कर्णाली प्रदेश सरकारले च्युरिखोला लिफ्ट सिस्टम खानेपानी आयोजना सन्चालन गर्न यो आर्थिक वर्षमा केही रकम बिनियोजन गरेको बुझिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top