होमपेज / स्थानीय

प्रशासनकाे आदेश टेर पुच्छर लाएन नेकपाले : कार्यक्रम हरु जारी

  छिटो खबर २०७७ आश्विन १२ गते सोमबार १०:१९:२५ मा प्रकाशित

१२ असोज, सल्यान : 
नेकपा छत्रेश्वरीले प्रशासनकाे आदेश र आफ्नाे पार्टीकाे निर्णयका विरुद्ध स‌गठन विस्तार गरिरहेकाे छ ।  जिल्ला प्रशासन कार्यालय सल्यानले गत ८ गते आदेश जारी गर्दै खुल्ला स्थानमा मानिसलाई भेला हुन, भिडभाड गर्न तथा सभा सम्मेलन गर्न रोक लगाएपनि नेकपाले त्यसको खिल्ली उडाउदै आफ्ना कार्यक्रम जारी राखेको पाइृएकाे छ । नेकपा  जिल्ला कमीटिले पनि आफ्ना सबै कार्यक्रम २२ गते सम्म स्थगित गरिएकाे भन्दै विज्ञप्ति प्रकाशन गरेकाे थियाे । तर छत्रेश्वरीकाे वडा न‌‍ २ मा यी  दुवै आदेश लत्याइएका छन् । 

जिल्ला प्रशासन कार्यालयले आदेश जारी गरे यता  नेकपा छत्रेश्वरि गाउँकमिटी अन्तरगत २ नम्बर वडाको सिद्ध पोखरी दहखोलामा आइतबार नेकपाको १९ सदस्यीय टोल कमिटी र युबा संघको ६५ सदस्यीय टोल स्तरिय कार्यसमिती बिस्तार गरेको छ। भब्य समारोह बिच, एकसय भन्दा बढी कार्यकर्ता जम्मा गर्दै नेकपाले टोल समिती बिस्तार गरेको बताइएकाे छ । 

नेकपा सल्यानले आफ्ना पार्टीका सम्पुर्ण कार्यक्रमहरु स्थगित गरिएको बिज्ञप्ति निकालेपनि वडा स्थरका नेता कार्यकर्ताले बिज्ञप्तिको ठाडो उल्लंघन गरेका हुन। नेकपाका सल्यान जिल्ला अध्यक्ष गोबिन्द पुन र सचीव कर्ण बहादुर बुढाथोकी छहारिले गत ८ गते कोरोना संक्रमण समुदाय स्तरमै फैलिएको भन्दै प्रेस बिज्ञप्ति जारी गरेका थिए।

यता नेकपाका स्थानिय नेता कार्यकर्ता हरुले पार्टीको कुनैपनी निर्देशन नआएको बताएका छन। पार्टीको निर्देशन जिल्ला तहलाई मात्रै रहेको बताउदै उनिहरुले वडा तहमा कार्यक्रम रोक्ने कुनैपनी खालका निर्देशन नआएको बताएका हुन। उनिहरुले ब्यबहारिक रुपले कार्यक्रम संचालन गरिरहेको बताएका छन।

प्रतिक्रिया

सम्बन्धित खवर

Top