होमपेज / स्थानीय

स्वास्थ्यकर्मीमा कोरोना पुष्टि भएपछि जिल्ला अस्पताल सल्यानमा आकस्मिक बाहेकका सबै सेवा बन्द

  छिटो खबर २०७७ आश्विन १४ गते बुधबार १२:०४:१२ मा प्रकाशित

सल्यान १४,असोज।सल्यान जिल्ला अस्पतालमा आज  देखी आकस्मिक बाहेकका सबै सेवा बन्द गरिएको छ । सल्यान जिल्ला अस्पतालमा कार्यरत एक जना स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टि भएपछि आज देखी अर्को सुचना जारी नहुदाँ सम्मको लागी अस्पतालबाट प्रदान गरिने आकस्मिक बाहेकका सम्पूर्ण सेवाहरु बन्द गरिएको हो ।

प्रदेश अस्पताल, पशुपक्षीं रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा गरिएको परिक्षणमा एक अस्पतालमा कार्यरत एक जना स्वास्थ्यकर्मीमा कोरोना पोजिटिभ देखिएको थियो । कोरोनाको जोखिम न्यूनिकरण गरी स्वास्थ्य सेवा व्यवस्थापनको लागी सेवा बन्द गरिएको स्वास्थ्य सेवा कार्यालय सल्यानले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top