होमपेज / स्थानीय

सल्यानमा ६ वटा अस्पताल शिलान्यास

  छिटो खबर २०७७ मंसिर १६ गते मंगलबार ०९:१४:२८ मा प्रकाशित

सल्यान १६, मंसिर ।
सल्यानका छ स्थानिय तहमा आधारभूत अस्पताल निर्माणको लागी सोमबार शिल्यान्यास गरिएको छ । सुलभ रुपमा स्वास्थ्यको पहुँच नपुगेका ग्रामीण क्षेत्रमा प्राथमिक स्वास्थ्य सेवा विस्तार गर्ने उद्देश्य सहित जिल्लाका  ६ स्थानिय तहमा आधारभूत अस्पताल निर्माणको लागी शिल्यान्यास गरिएको हो । बाँकी २ स्थानिय तहको केही दिनपछि शिलान्यास गर्ने तयारी भएको बताइएको छ । जिल्लामा १५ शैयाका ६ वटा र १० शैयाका २ वटा आधारभूत अस्पताल निर्माण गरिने बताइएको छ ।
जस अन्र्तगत छत्रेश्वरी, कपुरकोट, कालीमाटी, बन्गाड कुपिण्डे,  कुमाख र दार्मा मा १५ शैयाको आधारभूत अस्पताल निर्माण गरिदैँ छ ।
यस्तै बागचौर नगरपालिका र सिद्ध कुमाख गाउँपालिकामा  १० शैयाको अस्पताल निर्माण गर्न थालिएको हो । १५ शैयाको आधारभूत अस्पताल निर्माणको लागी १८ करोड रुपैँया, १० शैयाको अस्पताल निर्माणको लागी १० करोड रुपैँया विनियोजन गरिएको छ । आगामी २ बर्षमा आधारभूत अस्पताल निर्माण सम्पन्न गर्ने सरकारको लक्ष्य रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार
Top