होमपेज / स्थानीय

झिम्पेमा ७५ जनाले काङ्ग्रेसमा प्रवेश गरे : नव प्रवेशी हरु भन्छन, नेकपाले गद्दारी गर्यो ।

  छिटो खबर २०७७ पौष १४ गते मंगलबार ०९:१५:२१ मा प्रकाशित

१४ पुस, सल्यान :
जिल्लाको छत्रेश्वरि गाउँपालिकाको वडा नम्बर ४ का नेकपा का कार्यकर्ता  हरुले  ठूलो सङ्ख्यामा काङ्ग्रेसमा प्रवेश गरेका छन ।

सोमबार जयचौरमा आयोजित कार्यक्रममा उक्त स्थानका विभिन्न टोलका ७५ जना नेकपा कार्यकर्ता ले नेपाली कांग्रेसमा प्रवेश गरेको बताइएको छ । यस भन्दा पहिले यो क्षेत्र नेकपाको भोट बैंक रहेको थियो ।

महासमिती सदस्य एबम जिल्ला समन्वय समिती सल्यानका अध्यक्ष केशबहादुर बिष्ट र नेपाली कांग्रेसका क्षेत्रीय सभापती एबम छत्रेश्वरि गाउँपालिका अध्यक्ष सन्तोष केसि लगाएतका नेताहरुले कार्यक्रमलाई सम्बोधन गर्दै उनिहरुलाइ पार्टीमा स्वागत गरेका थिए । नेकपाले जनताको मत गुमाइसकेको र बारम्बार जनतालाई खेलौना बनाएका कारण आफुहरु कांग्रेसमा प्रवेश गरेको नवप्रवेशिहरुले बताएका छन।

कार्यक्रमलाई सम्बोधन गर्दै कार्यक्रमका प्रमुख अतिथि जिल्ला समन्वय समितिका प्रमुख केशबहादुर बिष्टले नेकपा सरकारले अहिले गरेको कदमले देश संकटतर्फ धकिलिले बताएका छ्न। सरकारले अहिले जे गर्यो देश र जनताप्रति धोका र गद्दार गर्यो" उनले भने । ओलिको कदम, सर्वसत्तावादका कारण लोकतन्त्रको संरक्षण नै चुनौती बन्दै गएको भन्दै उनले नेकपाको बहुमतको दम्भ सकिएको स्पष्ट पारेका छन ।

छ्त्रेश्वरि गाउँपालिका अध्यक्ष एबम नेपाली कांग्रेस (ख) का सभापती सन्तोष केसिले नेकपा सरकार भ्रष्टाचार, बलात्कार र कान्डैकान्डको सरकार भएको बताएका छ्न। लोकप्रिय मत ल्याएर बहुमतको सरकार नेकपाले बनाएतापनी सम्हाल्न नसकेर पार्टीनै बिभाजन भएको उनले बताए। उनले जनता र देशको निम्ति  अब कांग्रेस नै अगाडि बढ्ने बिश्वास दिलाएका छन ।।कार्यक्रममा नेपाली कांग्रेस जिल्ला कार्यसमिति सदस्य एबम छत्रेश्वरि गाउँपालिका उपाध्यक्ष सीता केसिले नब प्रवेशि हरुलाई स्वागत गर्दै ढुक्कले कांग्रेसको राजनितीमा लागेर गाउँ समाजका निम्ति लड्न अनुरोध गरेकी छन। 

कार्यक्रममा शारदा नगरपालिका उपप्रमुख साबित्रा बस्नेत, मेघराज भन्डारी, बसन्त रिजाल, प्रेम बिष्ट, तेजबहादुर ओलि ( बादल), ओमकार केसि, उत्तर सुनार, लगाएतका नेताहरुले मन्तव्य राखेका थिए। काङ्ग्रेसका वडा सभाापति  चन्द्र बहादुर ओलिको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रम रमेश शर्माले गरेका थिए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार
Top