होमपेज / स्थानीय

नेकपा सल्यानका अध्यक्ष गोविन्द पुनलाइ दाहाल-नेपाल समुह द्वारा कार्वाहीको सिफारिस

  छिटो खबर २०७७ पौष १६ गते बिहीबार १४:४७:१३ मा प्रकाशित

पौष १६, सल्यान । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सल्यानको प्रचण्ड– नेपाल समुहले पार्टीका जिल्ला अध्यक्ष गोविन्द कुमार पुनलाई कारवाहिको लागी सिफारिस गरेको छ । प्रचण्ड – नेपाल समुहको बुधबार बसेको जिल्ला कमिटीको तेस्रो पूर्ण बैठकले पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपि शर्मा वलीले चालेको असंवैधानिक र प्रतिगामी कदमलाई साथ, समर्थन दिएको भन्दै पार्टीका जिल्ला अध्यक्ष पुनलाई अध्यक्षबाट मुक्त गर्नको लागी प्रदेश कमिटीमा सिपारिस गर्ने निर्णय गरेको हो ।  नयाँ अध्यक्ष को हुने भन्ने प्रश्नमा नेता रमेश गौतमले जिल्ला अध्यक्ष चाहिँ स्थायी कमिटिले तोक्ने बताएका छन । अध्यक्ष र रिक्त रहेका पदहरुको बारेमा मात्र हिजो निर्णय गरिएको उनले बताए ।              जिल्ला बाट केन्द्रिय कमिटी, प्रदेश कमिटी, प्रदेश परिषद र प्रदेश सल्लाहकार कमिटीमा प्रतिनिधित्व गर्ने दुई तिहाई बढी नेताहरु र जिल्ला कमिटीका पनि दुई तिहाई बढी सदस्यहरुको उपस्थितिमा अध्यक्ष पुनलाई कारवाहीको सिपारिस गरिएको उक्त समुहले पत्रकार सम्मेलन मार्फत जानकारी गराईएको छ ।                                  त्यस्तै बैठकले प्रधानमन्त्री तथा पार्टीका प्रथम अध्यक्ष केपि शर्मा वलीले संसद बिघटन र पार्टी बिभाजन गर्न चालेको असंवैधानिक कदमको विरोध गर्ने, पार्टीले जिल्लामा पौष १४ गते गरेको बृहत प्रदर्शन सफल र भव्य बनाउन सहयोग गर्ने कार्यकर्ता, नागरिक समाज, पत्रकार लगाएत सवैलाई धन्यबाद व्यक्त गर्ने निर्णय गरेको बताईएको छ ।                                                   बैठकले पार्टीको काम तथा आन्दोलनको कामलाई व्यवस्थित गर्न जिल्लाका सवै स्थानिय तहहरुसम्म पार्टीका भेला तथा बैठक गर्ने निर्णय गरेको पनि पत्रकार सम्मेलन मार्फत जानकारी गराईएको छ । जस अनुसार जिल्लाको बनगाडकुपिण्डे र शारदा नगरपालिकामा पौष १७ गते, कुमाख र छत्रेश्वरी गाउँपालिकामा पौष १८ गते, त्रिवेणी र दार्मा गाउँपालिकामा पौष १९ गते, बागचौर नगरपालिका र कपुरकोट गाउँपालिकामा पौष २० गते र कालिमाटी र सिद्ध कुमाख गाउँपालिकामा पौष २१ गते पार्टीका भेला बैठक तथा प्रशिक्षण गर्न र ति बैठकहरुले वडा र टोल सम्मका कार्यक्रम निर्धारण गर्ने निर्णय गरिएको बताईएको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार
Top