होमपेज / स्थानीय

नगरपालिका र मिडियाको विवाद : लेकवेशी मिडिया ग्रुपको बिज्ञप्ति

  छिटो खबर २०७७ पौष २४ गते शुक्रबार १२:३१:५८ मा प्रकाशित

बागचौर नगरपालिकाले प्रमाणपत्र दुरुपयोग गरेको भन्दै लेक वेशी मिडिया ग्रुपले एक बिज्ञपति प्रकाशन गरेको छ । बागचौर नगरपालिकाका आइटी अफिसरले गोप्य रुपमा साढे सात लाख बराबरको काम गरेको भन्ने समाचार प्रकाशन भए पछि लेकवेशी मिडिया ग्रुप तथा लेकाली अनलाइनका प्रमाणपत्र हरु  नविकरण नभएको भन्दै सार्वजनिक गरेको थियो । 
बिज्ञप्तिमा यो कार्य प्रती आपत्ती प्रकट गरिएको छ । अनलाइन नविकरण भए नभएको हेर्ने अधिकार नगरपालिकाको नभएको भन्दै आफ्नो गल्ती छोप्नको लागि नगरपालिकाले अर्को गल्ती गरेको बिज्ञप्तिमा उल्लेख गरिएको छ । 
तर मुख्य मुद्दा भने कसको प्रमाणपत्र सहि थियो भन्ने भन्दा पनि नगरपालिकाका आइटिले गरेको बजेट खर्च कानुन सम्मत थियो कि थिएन भन्ने रहेको छ । उनले यसरी काम गर्नु विधि सम्मत छ कि छैन भन्ने मुद्दालाइ छानविन गरेर जवाफ दिनुको साटो नगरपालिका मिडिया सङ्ग विवादमा उत्रिएको छ । 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार
Top