होमपेज / स्थानीय

प्रहरीलाई गाउँपालिका द्वारा मोटरसाइकल हस्तान्तरण : तीन स्थानमा प्रहरी बिट थप्न अनुरोध

  छिटो खबर २०७७ पौष २४ गते शुक्रबार १७:११:१३ मा प्रकाशित

२४ पुस, सल्यान :

सल्यानको छत्रेश्वरि गाउँपालिकाले प्रहरिलाई मोटरसाइकल हस्तान्तरण गरेको छ। गाउँपालिकाको शान्ति सुरक्षामा थप मद्दत पुग्ने भन्दै गाउँपालिका कार्यालयले प्रहरीलाई एक थान मोटरसाइकल उपलब्ध गराएको बताइएको  छ ।

गाउँपालिका कार्यालयमा एक कार्यक्रमका बिच मोटरसाइकल हस्तान्तरण गर्दै गाउँपालिका अध्यक्ष सन्तोष केसिले सल्यानका प्रहरी प्रमुख गोबिन्द थापालाई मोटरसाइकलको चाबी हस्तान्तरण गरेका हुन। उक्त मोटरसाइकल प्रहरी चौकी भोटेचौरले प्रयोग गर्ने भएको छ। 

कार्यपालिका बैठकबाट सुरक्षाकर्मिको लागि मोटरसाइकल खरिदको निर्णय गराएर होन्डा कम्पनीको एक थान मोटरसाइकल खरिद गरि हस्तान्तरण गरिएको गाउँपालिका प्रमुख प्रशासकिय अधिकृत खिम बहादुर खड्काले बताए।

 हस्तान्तरण कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथी प्रहरी नायब उपरीक्षक थापाले पालिका बासिको सुरक्षाको निम्ति यातायातको साधन उपलब्ध बनाएकोमा गाउँपालिकालाई धन्यवाद ब्यक्त गरेका छ्न। उपलब्ध सवारी साधनले प्रहरिको कार्य प्रभाबकारी बन्ने उनले बिश्वास  ब्यक्त गरेका छन ।

मोटरसाइकलले हाम्रो प्रहरी टोलिलाई दुरदराजमा बस्ती हरुमा जान सहज भएको भन्दै डिएसपी थापाले प्रहरिले निष्पक्ष रुपमा काम गर्ने बताएका छ्न। हामिले सम्पुर्ण सेवाहरु भेदभाब रहित गर्छौ उनले भने' ।

गाउँपालिका अध्यक्ष सन्तोष केसिले सुरक्षाका निम्ति सवारीसाधन एक महत्त्वपूर्ण पाटो भएकाले मोटरसाइकल उपलब्ध बनाएको बताए।
सवारीसाधन भयो भने प्रहरी जुनसुकै समयमा पनि सम्बन्धित ठाउमा पुग्न सहज हुने उनले बताए। जनतालाई सुरक्षाको अनुभूति गराउनको लागि गाउँपालिकाले हर सहयोग गर्ने अध्यक्ष केसिले बताएका छन।

गाउँपालिकाको सुरक्षालाई मध्यनजर गर्दै अध्यक्ष केसिले पालिकाका ३ स्थानमा प्रहरी बिट स्थापना गर्न डिएसपी थापा सग माग गरेका छ्न।
वडा नम्बर तिनको दारिमज्युला, वडा नम्बर पाँचको लेखपोखरा र छत्रेश्वरि मन्दिरमा सुरक्षाको लागि प्रहरी बिट राख्न अध्यक्ष केसिले अनुरोध गरेका हुन। 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार
Top