होमपेज / स्थानीय

सल्यानमा दुई स्थानमा विरोध सभा सम्पन्न : वैशाखमा निर्वाचन हुने कुरामा नेताहरुको आशङ्का

  छिटो खबर २०७७ पौष २६ गते आइतबार १०:२६:२४ मा प्रकाशित

२५ पुस, सल्यान :
नेपाली कांग्रेस सल्यानले शनिबार देेेश व्यापी रुपमा विरोध सभा तथा प्रदर्शन गरेको छ। यस अन्तर्गत 
सल्यानमा पनि दुई वटै प्रदेश सभा निर्वााचन   क्षेत्रमा 
बिरोध सभा सम्पन्न भएका हुन। प्रदेश निर्वाचन क्षेत्र क) ले थााामारे र (ख) ले श्रीनगरमा सभा सम्पन्न गरेका हुन।

 श्रीनगर र थारमारेमा काङ्ग्रेसले र्याली सहित भब्य बिरोध सभा गरेको छ ।

श्रीनगरमा भएको बिरोध सभामा बोल्दै नेपाली काँग्रेसका पुर्ब केन्द्रिय सदस्य सदस्य डिल्लीराज रेग्मीले लोकतन्त्रको रक्षाको लागि नेपालि काङ्ग्रेस सिपाही भएर लडिरहेको र केपि शर्मा वलीको लोकतन्त्र लाई सखाप पार्न योजनालाई सफल हुन नदिने बताए ।

खडक प्रसादको खड्ग लोकतन्त्र रेट्नको लागि तत्पर रहेको भन्दै संविधान र लोकतन्त्र माथी नेकपाले नै बेइमानी गरेको  र यसै संविधानलाई बचाउन नेपाली जनता एक भएको बताए ।कार्यक्रममा जिल्ला समन्वय प्रमुख केश बहादुर विष्टले केपि ओलिले निर्वाचन गराउने कुरामा बिश्वाश नभएकोले काङ्ग्रेस आन्दोलित हुनुपरेको तर निर्वाचन भएमा खुशिका साथ सहभागी हुने बताएका छन । बिरोध सभामा कार्यक्रमका सभापति सन्तोष केसीले प्रचण्ड माधब नेपालले गरिरहेको आन्दोलन हास्यास्पद रहेको र प्रचण्ड माधबहरुबाटै पनि संविधान,लोकतन्त्र खतरामा परेको भन्दै अब अगाडि बढ्ने पालो नेपाली जनताको भएको बताए । आखिर नेपालमा सुब्यबस्था हुन्छ भनेर नै जनता ठूलो पार्टी बनाएर पठाए पनि आखिरमा उनिहरुले जनतालाई ठूलो धोका दिएको बताए । यो अफ्ठेरो परिस्थितिमा नेपाली काङ्ग्रेस एक भएको र लोकतन्त्रको सुरक्षीत पार्ने केसीले बताए । 

बिरोध सभामा नेपाली काङ्ग्रेसका जिल्ला नेताहरु गणेश चन्द, केश बहादुर बिष्ट, तुलसीराम बस्नेत, प्रेम बहादुर डाँगी , सुरेश अधिकारी, लोकराज आचार्य, सीता केसि, साबित्रा बस्नेत, पदम बुढाथोकी, दिपक शर्मा, कमान सिंह डाङी, मीन बहादुर सेन, सचेत शाह, सबिन हमाल, लगायतका नेताहरुले सम्बोधन गरेका थिए । यता थारमारेमा भएको कार्यक्रममा पुर्ब शिक्षा मन्त्री राजेन्द्र बहादुर शाहले सम्बोधन गरेका छन। सभालाई सम्बोधन गर्दै शाहले अब जनता र लोकतन्त्रको रक्षाको लागी काङ्ग्रेसले आन्दोलन गरिरहरेको छ , यो आन्दोलनलाई सामान्यरुपमा नलिन सरकारलाई चेतावनी दिए । साच्चिकै केपि सरकार जनताको हक,हितका बिरुद्धमा अगाडि बढिरहेकोले आमजन समुदायको साथ र सहयोग नेपाली कांग्रेसले खोजिरहेको उनले बताए ।कार्यक्रमको अध्यक्षता सभापति गोरख केसिले गरेका थिए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार
Top