होमपेज / स्थानीय
माघ २, सल्यान ।
करिब १० महिनादेखि काठमाडाैंमा उपचाररत आयुष्मा चन्दकाे लागि संकलन भएकाे ७३८३२।- रुपैंया उनकाे बाबा चित्र बहादुर चन्दलाइ हस्तान्तरण गरिएकाे छ ।
सिद्धकुमाखका युवा समाजसेवी तथा तरुणदलका उपाध्यक्ष धनेश बुढाथाेकी क्षेत्री काे पहलमा साे रकम संकलन भएकाे हाे । सिद्धकुमाख ८ फलाटेकी ८ वर्षीय आयुष्मा चन्द एपेन्डिक्स तथा खुट्टाकाे हड्डी भाँचिएकाे समस्याका कारण विएण्डवि हस्पिटलमा उपचाररत छिन् । सामान्य परिवारमा जन्मेकी चन्दकाे उपचारकाे लागि रकम अभाव भएपछि चलाउनेले सहयाेग सकलन अभियान सन्चालन गरेका थिए । आयुष्माका बाबा चित्र बहादुर चन्दले फेसबुकमा मार्मिक स्टाटस लेख्दै सहयाेगी धनेश बुढाथाेकी लगायतलाइ धन्यवाद दिएका छन् । उपचारकाे लागि अझै पनि रकम अभाव रहेकाे र उपचार नसकिएकाे भन्दै उनीहरुले थप सहयाेगकाे लागि अनुराेध गरेका छन् ।
छाेरीकाे उपचारमा हाल सम्म १७ लाख भन्दा बढी खर्च भइसकेकाे आयु्ष्माका बुवा बताउँछन् ।