होमपेज / स्थानीय

वर्ष २०२१ को लागि सल्यान जेसिजको नेतृत्व चयन

  छिटो खबर २०७७ माघ ११ गते आइतबार १७:३६:२२ मा प्रकाशित

सल्यान ११, माघ ।
सल्यान जेसिस बर्ष २०२१ का लागी नेतृत्व छनौट गर्दैै सल्यान जेसिजको चौथो साधारण सभा सम्पन्न भएको छ । साधारण सभा बाट मोहन सारु निर्वाचित भएका छन । शनिबार सल्यानको श्रीनगरमा सम्पन्न साधारण सभाबाट  निर्वाचित कार्य समितिमा  जसको कार्यकारिणी उपाध्यक्षमा हपिस भण्डारी र मोहन डाँगी, महासचिवमा दीपक बोहरा चयन भएका छन । यस्तै उपाध्यक्षमा दिपेन्द्र डाँगी, अशोक बोहरा, गुरु प्रसाद ओली, देवराज घिमिरे, कोषाध्यक्षमा गणेश बिश्वकर्मा र सचिवमा आषिश केसी रहेका छन ।  साथै सल्यान जेसिसको पद हस्तान्तरण कार्यक्रम यही माघको २४ गते शनीवारका दिन भगवती सिनेमा हल श्रीगनरमा हुने जनाइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top