होमपेज / स्थानीय

वनगाडमा जागिरीको प्रलोभनमा तरुण अध्यक्षले नेकपामा प्रवेश गरेको पुष्टि 

  छिटो खबर २०७७ माघ १२ गते सोमबार २१:१२:३६ मा प्रकाशित

माघ १२, सल्यान ।
वनगाड कुपिण्डे नगरपालिका र तरुण दल वनगाडका नगर अध्यक्ष विजय वस्नेत बीच अप्राकृतिक सहमति भएको खुलासा भएको छ । तरुण दल वनगाडका अध्यक्ष वस्नेतले नेकपा ओली समूहमा प्रवेश गरे पछि वनगाड कुपिण्डे नगरपालिकाको नेतृत्व प्रति र नगर अध्यक्ष बस्नेत प्रति विभिन्न टिप्पणीहरु आइरहेका थिए । वनगाड कुपिण्डे नगरपालिकाका प्रमुख गोविन्द पुन नेकपा सल्यानका अध्यक्ष हुन र पार्टी विभाजन पछि उनी ओली समूहमा रहेका छन् । माघ १२ गतेको नगरपालिकाले प्रकाशित गरेको विभिन्न पदको नतिजा पछि ती टिप्पणीहरुमा सत्यता देखिएको छ । ती टिप्प्णीहरुमा लेखिए जस्तै अध्यक्ष बस्नेतलाइ वनगाड कुपिण्डे सरकारले करार जागिरीको प्रलोभन देखाएर पार्टी प्रवेश गराएको स्प्ष्ट हुन्छ । 
तरुण दलका नगर अध्यक्ष बस्नेतले माघ १० गते नेपाल तरुण दल परित्याग गरी नेकपामा प्रवेश गरेको समाचार प्रकाशन भएको थियो । उनको पार्टी प्रवेश सँगै धेरै जनाको विभिन्न प्रकारका टिप्पणी आउन सुरु भयो । जसमा सत्ता र शक्तिको प्रलोभनमा परेर बस्नेतले पार्टी परित्याग गरेको भन्ने उल्लेख गरिएको थियो । 
नगरपालिकाको माघ ६ गते प्रकाशित सूचना अनुसार विभिन्न ८ वटा पदहरुको परीक्षा माघ ११ गतेको लागि तोकिएको थियो । माघ ११ गते नेपाल तरुण दल वनगाड कुपिण्डे नगरपालिकाको कार्यसमितिले आधिकारिक रुपमा नेपाल तरुण दलको कुनै पनि सदस्यता नरहने गरी कारवाही गरिएको उल्लेख गरी वक्तव्य प्रकाशन ग¥यो । यो विज्ञप्तिको सम्वन्धमा पनि विभिन्न सन्चार माध्यमहरुमा समाचार प्रकाशन भएको थियो । त्यस पछि प्रकाशन भयो वनगाड कुपिण्डे नगरपालिकाको ६ वटा विज्ञापनहरुको नतिजा । नगरपालिका द्धारा माघ १२ गते प्रकाशित गरिएको नतिजा अन्तर्गत विज्ञापन नंं ८÷०७७÷०७८ मा अ.हे.व. (आधारभुत स्वास्थ्य केन्द्र) तर्फ विजय राज बस्नेत सफल उम्मेदवार भएको भनी उल्लेख गरिएको छ । 
यो घटनाक्रमलाई जोडेर हेर्दा योजनागत रुपमा यी प्रक्रिया र घटनाक्रम भएको स्पष्ट हुन्छ । यस अघि २०७७ मंसीर ३० गते हुने भनिएका परीक्षा स्थगित भएर पुन ः प्रकाशित सूचना अनुसार माघ ११ गते परीक्षा सन्चालन हुनु र माघ १० गते विजय बस्नेतले नेकपा ओली समूहमा प्रवेश गर्नु र माघ १२ गते बस्नेतलाई सफल घोषणा गरी नतिजा प्रकाशन हुनुले सबै कुरालाई पुष्टि गरेको छ । तरुणदलका नगर अध्यक्ष बस्नेतलाई प्रलोभनमा पारेर पार्टी प्रवेश गराईएको यो तीन दिनको घटनाक्रमले स्पष्ट पारेको छ साथै वनगाड सरकारले सत्ता, शक्ति र साधनलाई आफ्नो पार्टी निर्माणको साधनको रुपमा दुरुपयोग गरेको आरोप लाइ प्रमाणित गरेको छ । 
 

प्रतिक्रिया

सम्बन्धित खवर

Top