होमपेज / स्थानीय

उद्योग वाणिज्य संघको साधारण सभा स्थगित

  छिटो खबर २०७७ माघ २१ गते बुधबार १६:११:०९ मा प्रकाशित

सल्यान । भोली हुने भनिएको सल्यान उद्योग बाणिज्य संघ सल्यानको १० औ साधारण सभा स्थगित भएको छ । प्रचण्ड–माधब समुहले बिहिबारको लागि घोषणा गरेको बन्दका कारण  जिल्लाका बिभिन्न बजारबाट ब्यापारीहरु आउन नसक्ने भएपछि साधारण स्थगित गर्नु परेको संघका अध्यक्ष बिर बहादुर चलाउनेले बताएका छ्न। उनका अनुसार २२ गतेको साधारण सभा गर्नको लागि तयारी  पुरा भएपनि एक्कासी बन्दकोको घोषणा भएपछि जिल्लाका आम व्यापारी तथा प्रमुख अतिथिहरु आउन नसक्ने भएपछि स्थगित गर्नु परेको हो ।
साधारणसभाको लागी नयाँ मिति शुक्रबार कार्यसमितिको बैठक बसेर सकेसम्म चाँडै तोकिने संघले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top