होमपेज / स्थानीय
माघ २५, सल्यान ।
सल्यान उद्योग वाणिज्य संघको १० औं साधारण सभा तथा ८ औं अधिवेशन उद्घाटन समारोह सम्पन्न भएको छ । कार्यक्रमलाई सम्वोधन गर्र्दै वक्ताहरुले उद्योग वाणिज्य संघले व्यापारीहरुको सम्वन्धमा गरेको सहजीकरण र वकालत सँग सँगै उपभोक्ताहरुको हित र सन्तुष्टीलाई पनि ख्याल गर्नुपर्नेमा जोड दिएका छन् ।
यस अघि माघ २२ गते गर्ने भनिएको साधारण सभा प्रचण्ड नेपाल समूहको वन्दको कारण सरेको थियो । कार्यक्रममा प्रमुख अतिथी उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्र ढकाल उपस्थित हुने भनिएतापति उनी अनुपस्थित रहेको कारण उद्योग वाणिज्य संघ कर्णाली प्रदेश अध्यक्षको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रमलाई सम्वोधन गर्ने क्रममा वक्ताहरुले सार्वजनिक निजी साझेदारी अवधारणा अनुसार सरकारले निजी क्षेत्रलाई प्रवद्र्धन गर्दै आर्थिक समृद्धि तर्फ उन्मुख हुनु पर्ने धारणा राखेका थिए ।
संघका अध्यक्ष विर बहादुर चलाउनेको अध्यक्षतामा भएको कार्यक्रममा विशिष्ट अतिथी श्रीकृष्ण वैद्य, जिल्ला समन्वय प्रमुख केश बहादुर विष्ट, नेपाली काँग्रेस सल्यानका सभापति गणेश चन्द, नेकपा सल्यानका सचिव कर्ण बहादुर बुढाथोकी, त्रिवेणी गाउँपालिका अध्यक्ष मान बहादुर डांगी, बागचौर नगरपालिका प्रमुख लोकमान बुढाथोकी, संघका संस्थापक अध्यक्ष भोलानाथ खड्गी, पूर्व अध्यक्ष टोपेन्द्र कुमार शर्मा करण लगायतले सम्बोधन गरेका थिए ।
संघका वरिष्ठ उपाध्यक्ष कुमार बुढाथोकीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सन्चालन महासचिव भरत कुमार बस्नेतले गरेका थिए ।