होमपेज / स्थानीय

कविता बोहराको हत्या भएको एक वर्ष पुग्यो : सल्यान प्रहरीको आश्वासन मात्रै

  छिटो खबर २०७७ फाल्गुण २ गते आइतबार १७:४२:१२ मा प्रकाशित

गतवर्षकाे फागुन २ गते आजकै दिन ह’त्या गरिएकी सल्यानको त्रिवेणी गाउँपालिका १ तल्लोकाभ्रा निवासी १७ वर्षीया कविता बोहराको ह’त्यारा एकवर्षसम्म पनि पत्ता लागेको छैन् । फागुन २ गते प्रेम दिवसकै दिन राती आफ्नै घरमा सुतिरहेकी कविताको रातको समयमा घरकै आँगनमा धा’रिलो ह’रियार प्रयोग गरेर ह’त्या गरिएको थियो ।प्रहरीले विभिन्न माध्यामबाट ह’त्यारा पत्ता लगाउन अनुसन्धान गरिरहेको बताएपनि अहिलेसम्म कुनै व्यक्ती पक्राउ गरेको छैन । प्रहरीले ह’त्यारा पत्ता लगाउन विभिन्न माध्यामबाट घटनाको अनुसन्धान गरिरहेको थियाे ।पोलिग्राफ, कल डिटेल्स, बिटिएस र लोकेशनका आधारमा प्रहरीले यसअघि अनुसन्धान गरिरहेको जनाएपनि ति कुनै माध्याम सफल हुन सकेनन् । जिल्ला प्रहरी कार्यालय सल्यान र सिआाइबीको टोलीले अहिलेपनि घटनालाइ अनुसन्धान गरिरहेको छ ।अहिले घटनाकाे नजिक पुगिसकेकाे र केहि समयपछि हत्यारा सार्वजनिक गर्ने जिल्ला प्रहरी कार्यालय सल्यानका प्रवक्ता इनस्पेक्टर लक्ष्मण ओलीले बताए । यश भन्दा अघि गत भदौ मा अनुसन्धान प्रगती बारे कुरा गर्दा पनि सल्यान प्रहरीले  छिट्टै हत्यारा सार्वजनिक हुन्छ भनेको थियो । घटना उनकै कमाण्डमा सुरुदेखि अनुसन्धान भैरहेकाे छ ।  उनले भने, ‘हामीले पहिले विभिन्न माध्याम प्रयाेग गरेर अनुसन्धान गरियाे । हामी फरक माध्यामतिर लागेछाैं । अहिले हामी अर्काे माध्याममा लागेका छाैं । घटनाकाे नजिक पुगेका छाैं । केहि समय पछि हत्यारा सार्वजनिक हुन्छ । ढुक्क हुनुहाेस् यसपटककाे हाम्राे अनुसन्धानले फेल खाँदैन् ।’

प्रतिक्रिया

सम्बन्धित खवर

Top