होमपेज / स्थानीय
फागुन १०, सल्यान । निर्माण व्यवसायी संघ सल्यान ले आफ्नो वार्षिक साधारण सभा तोकेको छ । सोमबार संघको कार्यालय खलंगामा बसेको बैठकले १९ औं साधारण सभाको मिति तोकेको हो ।
बैठकले २०७७ चैत्र ६ र ७ गते वार्षिक साधारण सभा गर्ने निर्णय गरेको बताइएको छ । साथै यहि फागुन मसान्त सम्म सद्स्यता नविकरण गर्ने निर्णय गरेको छ । संघमा आवद्ध सबै व्यवसायी हरुले फागुन मसान्त सम्म सदस्यता नविकरण गर्ने समय सिमा तोक्दै तोकिएको समय भित्र सदस्यता नविकरण नगरेमा साधारण सभामा भाग लिन नपाउने निर्णय गरेको अध्यक्ष राजेश गिरिले बताएका छन ।