होमपेज / स्थानीय

छत्रेश्वरी मन्दिरका लागि लिफ्ट खानेपानी योजना शिलान्यास

  छिटो खबर २०७७ चैत्र ११ गते बुधबार २१:५१:०५ मा प्रकाशित

चैत्र ११, सल्यान । 
छत्रेश्वरी मन्दिरका लागि खानेपानी योजना शिलान्यास गरिएको छ । बुधबार गाउँपालिका अध्यक्ष संतोष केसिले मुहान पुजा गरेका थिए । छत्रेश्वरीको वडा नम्बर ६ स्थित गरिज्युलाको ढोरसिम बाट मन्दिर परिसरमा खानेपानी लिफ्ट गर्नको लागि गाउँपालिकाले ३६ लाख बराबरको टेन्डर आव्हान गरेको थियो । 
छत्रेश्वरी मन्दिर क्षेत्रमा खानेपानी आपूर्ति गर्नका लागि गाउँपालिका आव्हान गरेको टेन्डर अन्तर्गत भ्याट सहित रु।२८ लाख २९ हजार छ सय तेरहमा निर्माण कार्य सम्पन्न गर्ने गरि डिएसएसपी निर्माण सेवाले सम्झौता गरेको छ । उक्त योजनामा जिल्ला समन्वय समिती सल्यान र छत्रेश्वरी गाउँपालिकाको साझेदारी रहेको छ । 
  छत्रेश्वरी पिठ नेपालकै प्रख्यात धार्मिक क्षेत्रको सुचीमा पर्ने स्थान हो । सो क्षेत्र अग्लो स्थानमा रहेकोले खानेपानीको समस्या रहेको छ । योजना असार मसान्तसम्म सम्पन्न गर्ने गरि सम्झौता भएको बताइएको छ । 

प्रतिक्रिया

सम्बन्धित खवर

Top