होमपेज / स्थानीय

दमाचौर खानेपानीको सन्दर्भमा उच्च अदालतको फैसला : दिलमान चन्द लगायतले हालेको रिट खारेज

  छिटो खबर २०७७ चैत्र १९ गते बिहीबार ०९:५४:१४ मा प्रकाशित

चैत १९, सल्यान । छत्रेश्वरी गाउँपालिका बिरुद्धको मुद्दामा उच्च अदालत सुर्खेतले वुधबार फैसला गरेको छ । दमाचौर खानेपानी योजना बाट स्थानियलाई बाधा पुग्ने भन्दै उच्च अदालतमा दर्ता गरेको रिट निवेदन खारेज गर्दै अदालतले फैसला गरेको हो । चैत १८ गते उच्च अदालतका न्यायाधिश राजेन्द्र सुवेदी र न्यायाधीश राजेन्द्र खरेलको संयुक्त इजलाशले रिट निवेदन खारेज गरेको गाउँपालिका का कानुनी सल्लाहकार डम्बर ओलिले बताएका छन । वडा नम्बर १ दमाचौरमा खानेपानी आपूर्तिको लागि खानेपानी योजना कार्यान्वयन गर्ने क्रममा स्थानीय दिलमान चन्द लगायत ९ जनाले गाउँपालिका अध्यक्ष गाउँपालिका, कार्यपालिका, प्रमुख प्रशासकीय अधिकृत खिम बहादुर खड्का, वडा अध्यक्ष नेव बहादुर शाहका विरुद्ध रिट हालेका थिए । एस भन्दा अगाडि उच्च अदालतले अन्तरिम आदेश जारी गरेको थियो । खानेपानी योजनाको टड्कारो समस्या भएको दमाचौरमा खानेपानी आपुर्ती गर्नका लागि १ करोड ६५ लाख रकम विनियोजन गरेको छ । यो सङ्गै बजेट विनियोजन गरिएको लान्ती खानेपानी योजनाको शिलान्यास भैसकेको छ भने दमाचौरको योजना मुद्दाकै कारण रोकिएको छ । दिलमान चन्द लगायतले हालेको मुद्दाका विरुद्ध स्थानिय हरु नै थिए । उच्च अदालतको यो फैसलाले योजना कार्यान्वयन गर्न बाटो खोलेको र अब छिट्टै दमाचौरमा खानेपानी समस्या समाधान हुने गाउँपालिका अध्यक्ष सन्तोस केसिले बताएका छन ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top