होमपेज / स्थानीय

दाङ्गमा बस दुर्घटना : दुई जनाको मृत्यु, दर्जन बढी घाइते

  छिटो खबर २०७७ चैत्र २० गते शुक्रबार १९:४०:१३ मा प्रकाशित

चैत २०, सल्यान । दाङमा आज एक यात्रुबाहक बस दुर्घटना भएको छ । शुक्रबार घोराहीबाट लमहि तर्फ जादै गरेको लु १ ख ९८६३ नम्बरको यात्रुबहाक बस लमही – घोराही सडक खण्डको मुसोट नजिकै दुर्घटना भएको हो ।

बस दुर्घटनामा परि २ जनाको ज्यान गएको छ । उनिहरूको घटनास्थलमै ज्यान गएको हो भने अन्य दर्जन यात्रु घाइते भएकोे जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

मृत्यु हुनेहरुको नाम ठेगाना खुल्न सकेको छैन । अपरान्ह करिब साढे पाँच बजे तिर दुर्घटना भएको हो । अहिले घटनास्थलमा प्रहरी पुगेको र घाइतेहरुलाई लमही अस्पतालमा ल्याउने क्रम भैरहेको छ । घटनाको थप बिवरण आउन बाकी छ । 

प्रतिक्रिया

सम्बन्धित खवर

Top