होमपेज / स्थानीय

रेडियो तहल्काको ६ वर्ष पूरा : दुई कार्यक्रम गरि वार्षिकोत्सब मनाइयो

  छिटो खबर २०७७ चैत्र २१ गते शनिबार १७:११:२८ मा प्रकाशित

चैत्र २१, सल्यान। 

सल्यानको रेडियो तहल्काले सातौ बर्ष प्रवेश गरेको अवसरमा  रेडियोले २ स्थानमा वार्षिकोत्सब मनाएको छ ।तहल्काका ६ बर्ष पत्रकारीताका अवसर र चुनौती विषयक सम्वाद गरेेेको अध्यक्ष डिल्लीराज रावतले जानकारी दिएका छन ।

जिल्लाको सदरमुकाम खलंगामा विहान ८ बजे र बागचौरको चोरपानीमा दिउसो २ बजे कार्यक्रम गरि वार्षिकोत्सब मनाइएको बताइएको छ । विहान शनिबाार  खलंगाको कार्यक्रममा जिल्ला समन्वय समिति प्रमुख केेेश बहादुर बिस्ट लगायत अन्य स्थानीय तहका प्रतिनिधि तथा कार्यालय र संचारकर्मीको सहभागिता रहेको थियो ।  चौरपानीको कार्यक्रममा बागचौर, दार्मा र कुमाखका जनप्रतिनिधि र स्थानीयको सहभागीता रहेेेको थियो ।

स्थापना खलंगामा भएपनि हाल प्रशारणलाइ ग्रामिण क्षेत्रसम्म लिनको लागि बागचौर नगरपालिका ३ पुतलिवासमा मुख्य प्रशारण स्थान (टावर) निर्माण गरेको रेडियोले दैनिक १८ घण्टा अनुमति पाइ विहान ५ बजेदेखि राती १० बजेसम्म निरन्तर प्रशारण भैरहेको छ । 

२०७१ चैत्र २१ गते सल्यान खलंगामा एक समारोहका विच तत्कालिन नेपाल पत्रकार महासंघका सचिव प्रभात चलाउनेले रेडियोको उद्घाटन गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top