होमपेज / स्थानीय

पत्रकार महासंघ सल्यानको अध्यक्षमा तीन जनाको उम्मेद्वारी : तीन सङठनको साझा उम्मेद्वार नवीन पौडेल

  छिटो खबर २०७७ चैत्र २२ गते आइतबार १७:०६:३४ मा प्रकाशित

चैत्र २२, सल्यान ।  पत्रकार महासंघ सल्यानको निर्वाचनको लागि अध्यक्ष पदमा तीन जनाको उम्मेद्वारी परेको छ । नेपाल पत्रकार महासंघले तय गरेको निर्वाचन कार्यतालिका बमोजिम आइतबार अध्यक्ष पदका लागि तीन जनाको उम्मेद्वारी परेको हो । 
यश अन्तर्गत प्रेस युनियन, प्रेस चौतारी र जनपत्रकार सङठनको तर्फबाट साझा उम्मेद्वार नवीन पौडेल रहेका छन । तीन सङठनका बिच भएको सहमती अनुसार प्रेस युनियन बाट अध्यक्ष पदमा नवीन पौडेल साझा उम्मेद्वार बनेका हुन ।
यसै गरि अध्यक्ष पदमा मिना बुढाथोकी र डिल्लिराज रावतको उम्मेद्वारी परेको छ । मिना बुढाथोकी प्रेस सेन्टर र प्रेस चौतारी ९माधव पक्ष० को तर्फ बाट संयुक्त उम्मेद्वार हुन भने डिल्ली राज रावतले प्रेस सेन्टर बाट छुट्टीएर  छुट्टै  उम्मेद्वारी दिएका हुन । 
पौडेलले नेतृत्व गरेको तृपक्षिय गठबन्धनका तर्फ बाट उपाध्यक्षमा चौतारिका शंकर केसि, महिला उपाध्यक्षमा जन पत्रकार सङठनका पुस्पा रिजन डिसि सचिवमा जनपत्रकार सङठनका खकेन्द्र केसि, सहसचिवमा युनियनका आशिष केसि, समावेशी सहसचिवमा चौतारिका चुडामनी पुन र कोषाध्यक्षमा बिरेन्द्र डिसिको उम्मेद्वारी परेको बताइएको छ । बुढाथोकिको प्यानल बाट उपाध्यक्ष तिलक वलि, महिला उपाध्यक्ष सरिता चलाउने, सचिव टिकाराम भन्डारी, सहसचिव हिमाल शर्मा, समावेशी सहसचिव बुद्धिमान पुन र कोषाध्यक्ष शिव डाग्गी उम्मेद्वार रहेका छन । 
महिला सदस्य, जनजाति सदस्य र दलित सदस्यमा भने एक एक जनाको मात्र उम्मेद्वारी परेको छ । महिला सदस्यमा मेघा रेउले, जनाजाती तर्फ हरि प्रकाश पुन र दलित सदस्यमा खेमराज स्वर्णकारको उम्मेद्वारी परेको छ । 

प्रतिक्रिया

सम्बन्धित खवर

Top