होमपेज / स्थानीय

२० वर्ष पछि साउनेपानी टावर सन्चालनमा : झिम्पे वासी सङ्ग गरेको वाचा पूरा -अध्यक्ष केसि

  छिटो खबर २०७७ चैत्र २९ गते आइतबार १४:२५:२१ मा प्रकाशित

चैत्र २९, सल्यान । सल्यान झिम्पेको साउनेपानी टावर आज आइतबार देखि सन्चालनमा आएको छ । २० वर्ष अघि माओवादी सशस्त्र युद्धको समयमा माओवादीले बिष्फोट तथा आगजनी गरि टावर क्षति ग्रस्त भएको थियो । 
छत्रेश्वरी गाउँपालिका र नेपाल टेलिकमको सहकार्यमा सो टावर पुन : सन्चालन मा आएको हो । टावर सन्चालन लगत्तै सन्चार क्षेत्र तथा सम्पर्क बाट छुट्टिएको झिम्पे क्षेत्र र रोल्पाको केही भाग अब लाभान्वित भएको छ । 
टावर सन्चालन नगर्दा सम्म झिम्पेमा सन्चालन हुने गाउँपालिकाको कुनै कार्यक्रममा उपस्थित नहुने अध्यक्ष केसिले वाचा गरेका थिए । स्थानिय वासी हरुको बिचमा गरेको वाचा आज पूरा भएको भन्दै अध्यक्ष केसिले हर्षित हुँदै भने -"आज मेरो कार्यकालको ठूलो सफलता प्राप्त गरेको छु ।"  उनले थपे -"आवश्यक पुर्वाधार हरु बाट विमुख रहेको यो क्षेत्रमा आफ्नो लक्ष पूरा भएकोमा अत्यधिक खुशी छु । आज मैले झिम्पे वासी हरुको बिचमा गरेको वाचा पूरा भएको छ ।"                                 टावर सन्चालन पश्चात् अध्यक्ष केसिले नेपाल टेलिकम प्रदेश कार्यालय सुर्खेतका प्रमुख नारायण खुशिलाइ विशेष धन्यवाद दिदै महत्वपुर्ण भुमिका निर्वाह गर्ने नेपाल टेलिकम सल्यानका कर्मचारी लोकमान ओलि, वडा नम्बर ४ का अध्यक्ष नेब बहादुर खड्का,  स्थानिय समाज सेवि कृष्ण बस्नेत लगायत सहयोगी सम्पुर्णलाइ हार्दिक धन्यवाद दिएका छन । 
टावर सन्चालनको लागि गाउँपालिकाले गत वर्ष नै बिद्धुत पुर्याइसकेको थियो । निरन्तर मेहनत र प्रयासको फल स्वरुप आइतबार १२:४५ मा टावर सुचारु गरिएको टेलिकमका सहायक प्राविधिक अधिकृत कुम्भ बहादुर शाहिले जानकारी दिएका छन । शाही फिल्डमा खटिएर काम गरिरहेको टोलिको नेतृत्व गरिरहेका छन ।  

प्रतिक्रिया

सम्बन्धित खवर

Top